भर्खरै :

लेखा व्यवस्थापन तालिम सम्पन्न

भक्तपुर, ४ चैत । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि. भक्तपुरको संस्थागत विकास उपसमितिको आयोजनामा चैत्र २ र ३ गते लेखा व्यवस्थापन तालिम सम्पन्न भयो ।
सङ्घका अध्यक्ष कृष्णगोविन्द लाखाजुले संस्थाको लेखा व्यवस्थापन राम्रो भएमात्र संस्था राम्रो हुने भएकोले सङ्घले लेखा व्यवस्थापन तालिमलाई निरन्तरता दिइरहेको कुरा बताउनुभयो । उहाँले संस्थामा कार्यरत कर्मचारीहरूलाई संस्थाको वित्तीय अवस्थाबारे जानकारीमूलक कार्यक्रम र उद्घोषण कलासम्बन्धी ज्ञानहरू दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सङ्घका सचिव एवम् संस्थागत विकास उपसमिति संयोजक जगनाथ प्रजापतिले लेखा प्राविधि ज्ञान भएकोले यसको सैद्धान्तिक ज्ञानमात्र भएर पुग्दैन यसको व्यवहारिक ज्ञान हुनु आवश्यक रहेको बताउनुभयो ।
उहाँले सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्न सक्नेगरी पाठ्यक्रम विकास गरी तालिम उपलब्ध गराएको हुनाले तालिम व्यवहारिक हुने विचार व्यक्त गर्नुभयो । कार्यक्रममा उपसमितिका सदस्य निर्मला सुवाल, व्यवस्थापक बालकृष्ण धोजुलगायतले बोल्नुभएको थियो । सङ्घमा आबद्ध सदस्य संस्थाहरूबाट लेखासम्बन्धी ३१ जना कर्मचारीहरूको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *