भर्खरै :

मर्यादित रुपमा होली मनाउन अनुरोध

काठमाडौँ, ५ चैत (रासस) ः गृह मन्त्रालयले खुशियाली साटासाट गरी मनाइने होली (फागु) पर्व मर्यादित रुपमा मनाउन अनुरोध गरेको छ ।
यही चैत ६ र ७ गते मनाइने होली पर्वका अवसरमा देश÷विदेशमा रहनुहुने सबै नेपालीलाई शुभकामना दिँदै मन्त्रालयले आज एक सन्देश जारी गरी धार्मिक र सांस्कृतिक दृष्टिले मर्यादित र सभ्य भएर होली पर्व मनाउन आग्रह गरेको हो ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पर्व मनाउने नाममा इच्छा विपरीत जबर्जस्ती, अमर्यादित, गैरकानूनी र उच्छृङ्खल किसिमका गतिविधि प्रचलित कानून विपरीत हुने भएकाले यसतर्फ सचेत हुन आग्रह गरेको छ । “कानून विपरीतका कार्य र असभ्य व्यवहार कोही कसैप्र्रति नगर्न र नगराउन गृह मन्त्रालय सबैमा हार्दिक अनुरोध गर्दछ”, विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा कोही कसैको इच्छा एवं स्वीकृति बेगर कानून विपरीतका कार्य गरेमा कारवाही गरिने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *