भर्खरै :

अब भक्तपुरमा पनि लाइसेन्सको लागि ट्रायल दिन पाइने

भक्तपुर, चैत १—यातायात व्यवस्था विभाग भक्तपुर जगाती कार्यालयले सोमबारदेखि नयाँ ‘स्मार्ट लाइसेन्स’ अर्थात् सवारी चालक प्रमाणपत्र वितरण सुरु गरेको छ।
कार्यालयले गत माघ २ गतेदेखि कार्यालय सञ्चालन गरेर सेवा सुरु गरी सवारी चालक अनुमतिपत्रको नवीकरण गर्दै आएको थियो। सोमबारदेखि नयाँ लाइसेन्सका लागि दरखास्त लिन सुरु गरिएको बताउँदै कार्यालय प्रमुख अनोज घिमिरेले आगामी शुक्रबार बिहान ७ बजे आफ्नै कार्यालयमा लिखित परीक्षा सञ्चालन गरी शनिबार ट्रायल (प्रयोगात्मक) परीक्षा लिइने जानकारी दिए।
सर्वोच्च अदालतले निजी ट्रायल सेन्टरमा कार्यालयले ट्रायल लिन नपाउने आदेश दिएपछि विभागले आफ्नै सेन्टरमा सञ्चालन गर्ने भएको छ। घिमिरेले भने– तत्कालका लागि यातायात अनुमतिपत्रको ट्रायल परीक्षा दुई पाङ्ग्रेको हकमा यातायात व्यवस्था विभागको आफ्नै ट्रायल सेन्टरमा र चार पाङ्ग्रेका लागि नेसनल टेडिङ पुतलीसडकको ट्रायल सेन्टरमा व्यवस्था गरेका छौँ।’ रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *