तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, ८ चैत । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ र नेपाल क्रान्तिकारी युवा सङ्घले वर्तमान राजनीतिक अवस्थाबारे जनतालाई सचेत र जानकारी दिने उद्देश्यले कोणसभा कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।
यसै क्रममा शुक्रबार च्याह्मासिंहमा भएको भेलामा नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष सविन ख्याजूले ‘विश्व व्यापार युद्धबारे जानकारी गराउँदै भन्नुभयो, “हाम्रो जस्तो देश विश्व व्यापार सङ्गठनमा सदस्य हुनु भनेको देशलाई परनिर्भरतामा धकेल्नु हो ।”
देशको अर्थतन्त्र बलियो नभइकन विश्व व्यापार सङ्गठनमा सदस्य बन्न नहुने धारणा राख्दै नवउदारवादी अर्थनीति लागू गरेको कारण देशको अर्थतन्त्र झन्झन् परनिर्भर बन्दै गएको बताउनुभयो ।
चीन–संरा अमेरिका व्यापार विवादबारे जानकारी दिँदै अध्यक्ष ख्याजूले उक्त व्यापार युद्धले अमेरिकालाई नै घाटा हुने स्पष्ट पार्नुभयो ।
नेक्रायुसङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष मिनबहादुर बाटाले नागरिकता संशोधन विधेयकबारे चर्चा गर्दै भन्नुभयो, “२०७२ सालमा जन्मको आधारमा नागरिकता पाएकालाई अहिले वंशजको आधारमा नागरिकता दिनु गलत हुनेछ ।”
४० लाख भारतीयले नेपाली नागरिकता लिइसकेको अवस्थामा जन्मको आधारमा नेपाली नागरिकता पाएकाका सन्तानलाई वंशजको आधारमा नागरिकता दिँदा देशको सिक्किमीकरण हुन सक्ने उहाँले बताउनुभयो ।
सभामा नेक्राविसङ्घका दिनेश खड्गी र रत्ना चवालले पनि बोल्नुभएको थियो ।
Leave a Reply