भर्खरै :

सुर्खेतमा युवा भेला

सुर्खेत, ९ चैत । नेपाल क्रान्तिकारी युवा सङ्घ सुर्खेतको जिल्ला भेला सम्पन्न भयो । भेलामा नेमकिपा सुर्खेतका संयोजक हरिबहादुर बोहराले देशको सिमाना अतिक्रमण, असमान सन्धि–सम्झौता भ्रष्टाचार, कालाबजारी, शोषण, दमन, अन्यायविरुद्ध पार्टीको निर्देशन र विधानअनुसार सक्रिय हुँदै आएको सङ्गठन भएकोले युवाहरू थप सक्रिय भएर काम गर्न निर्देशन दिनुभयो ।
गोविन्दनाथ योगीको अध्यक्षतामा भएको भेलामा तुल्सी खड्का, टीकाप्रसाद पोख्रेल, खेमराज कंडेल, लालबहादुर थापालगायतले बोल्नुभएको थियो । भेलामा बिजुकला रानाले प्रगतिशील गीत प्रस्तुत गर्नुभएको थियो ।
भेलाबाट लालबहादुर थापाको अध्यक्षतामा नेक्रायुसङ्घ सुर्खेत जिल्ला समिति गठन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *