भर्खरै :

भक्तपुर नपामा को कहाँ वडा सचिव ?

सरकारले स्थानीय निकाय विघटन गरी स्थानीय तह व्यवहारमा ल्याएसँगै भक्तपुर नगरपालिकाले वडा सचिवहरुको जिम्मेवारी हेरफेर र व्यवस्थापन गरेको छ । यसअघि भक्तपुर नगरपालिकामा १७ वटा वडाहरु भएकोमा नयाँ संरचनाअन्तर्गत १० वडामा विभाजन गरिएको छ ।
मंगलबार भक्तपुर नगरपालिकाले नयाँ संरचनाअन्तर्गतका वडा नं १ देखि १० सम्म पठाइएको पत्रअनुसार विगतका सत्र जना वडासचिवहरुलाई सचिव र प्रशासन सहायकको रुपमा जिम्मेवारी दिइएको छ । साथै वडा कार्यालय रहने स्थानको पनि तय गरिएको छ ।
प्राप्त खबरअनुसार नयाँ संरचनाअनुसारको वडा नं १ साविकको वडा नं १७ मा दामोदर लिवीलाई सचिव र प्रशासन सहायकमा चन्द्रकृष्ण अवाललाई जिम्मेवारी दिइएको छ । वडा नं १ को कार्यालय भार्वाचो मिनिबस सेवा समितिको कार्यालय(साविकको वडा नं १७ को वडा कार्यालय)मा रहनेछ ।
त्यस्तै वडा नं २ साविकको वडा नं १० र १५ मा लक्ष्मीप्रसाद दुवाल वडा सचिव र प्रशासन सहायकमा बुद्धिप्रसाद दुवालमा नियुक्त भएका छन् । वडा नं २ को कार्यालय व्यासी साविकको वडा नं १० को वडा कार्यालयमा रहने भएको छ ।
वडा नं ३ साविकको १३ र १६ वडाको सचिवमा विश्वराम सिंबञ्जार र प्रशासन सहायकमा गणेशराम सुवाल तोकिएका छन् । वडा कार्यालय वंशगोपाल (साविकको वडा नं १६ को कार्यालय)मा रहनेभएको छ ।
वडा नं ४ साविकको १२ र १४ मा वडा सचिव साहिला वैद्य वडा सचिव र इन्द्रप्रसाद मचामसी प्रशासन सहायक निर्धारण भएको छ । वडा कार्यालय तालाक्व (साविकको वडा नं १२ को वडा कार्यालय)मा तोकिएको छ ।
वडा नं ५ साविकको ८ र ११ वडामा पाण्डब सुवाल वडा सचिव र काशिराम प्रजापति प्रशासन सहायक तोकिएका छन् । वडा कार्यालय भगवतीस्थान(साविकको वडा नं ११ को वडा कार्यालय)मा रहने निर्णय भएको छ ।
वडा नं ६ साविकको वडा नं ५ र ९ मा जीतबहादुर खाइजूलाई वडा सचिव र योगेश्वर श्रेष्ठलाई प्रशासन सहायकको जिम्मेवारी दिइएको छ । वडा कार्यालय भोलाछें (साविकको वडा नं ५ कार्यालय)मा रहनेछ ।
वडा नं ७ साविकको वडा नं ६ र ७ मा वडा सचिव विजय लोहला र प्रशासन सहायकमा नन्दकृष्ण श्रेष्ठ तोकिएका छन् । वडा कार्यालय गोल्मढी(साविकको वडा नं ७ वडा कार्यालय) मा तय भएको छ ।
वडा नं ८ साविकको वडा नं २ मा राजेश दिस्ती वडा सचिव र हरिप्रसाद ज्ञामरु प्रशासन सहायक तोकिएका छन् । वडा कार्यालय लिवाली(साविकको वडा नं २ कार्यालय) मा तोकिएको छ ।
वडा नं ९ साविकको वडा नं १ र ३ मा पुण्यराम लाखा वडा सचिव र विनोद थापा प्रशासन सहायक तोकिएका छन् । वडा कार्यालय तचपाल (साविकको वडा नं ३ को नयाँ वडा कार्यालय)मा तोकिएको छ ।
वडा नं १० साविकको वडा नं ४ को वडा सचिवमा गोविन्दराम थुसा वडा सचिव र रामगोपाल दुवाल प्रशासन सहायक तोकिएका छन् । वडा कार्यालय कमलबिनायक(साविकको वडा नं ४ कार्यालय)मा तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *