भर्खरै :

संरा अमेरिकी सेनाको अतिरञ्जनाप्रति चिनियाँ सेनाको आपत्ति

पेइचिङ, २२ मार्च । संरा अमेरिकाको सिनेटअन्तर्गत सैनिक सेवा समितिको सन् २०२० को आर्थिक वर्षको लागि रक्षा बजेटमाथिको छलफलमा संरा अमेरिकी सैनिक अधिकारीहरूले ‘चिनियाँ खतरा’ दिएको अतिरञ्जनापूर्ण टिप्पणीप्रति चिनियाँ सेनाका प्रवक्ताले आपत्ति जनाएका छन् ।
तथाकथित ‘चिनियाँ सैनिक खतरा’ लाई उचाल्नुले संरा अमेरिकी सेना अझै पनि असहिष्णु शीतयुद्धकालीन मानसिकताबाट मुक्त हुन नसकेको र यसले चीन–संरा अमेरिकाबीचको स्वस्थ सम्बन्ध विकासको लागि अवरोध हुन नसक्ने प्रवक्ता ऊ छ्यानले भने ।
“संरा अमेरिकी रक्षा विभागले सधैं ‘सानो अबाकस’ खेल खेलिरहेको महसुस हामीले गरेका छौँ । अरु देशको खतरा रहेको देखाएर संरा अमेरिकाले बढीभन्दा बढी बजेट आफ्नो पोल्टामा पार्ने दाउमा रहेको हुन्छ ।”, उनले भने ।
“संरा अमेरिकालाई शीतयुद्धकालीन मानसिकता त्यागेर चीनको रक्षा र सैनिकलाई वस्तुगत र तर्कसङ्गतरूपमा बुझ्न जरुरी छ । गलत प्रतिक्रिया दिन बन्द गर्नुपर्छ । दुई देश र दुई देशका सेनाबीच स्वस्थ र दिगो सम्बन्ध विकासको लागि मूर्त कदम चाल्न जरुरी छ ।”, उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *