भर्खरै :

पुख्र्यौली पेशा सङ्कटमा

अमरगढी, ९ चैत । डडेल्धुरामा स्थानीयस्तरमा पाउने कच्चा पदार्थ (निगालो) पाउन छाडेपछि दलित समुदाय पार्कीको पेशा सङ्कटमा पर्न थालेको छ । अमरगढी नगरपालिका–७ का झण्डै दुई सय परिवार निगालोे व्यवसायी सङ्कटमा पर्न थालेका हुन् ।
पार्की समुदायले गाउँमा निगालोे पाउन छाडेपछि आफ्नो पेशा सङ्कटमा पर्न थालेको बताउँदै आएका छन् । अहिले आएर निगालो लोप हुन थालेपछि आफूहरूको पेशा सङ्कटमा पर्न थालेको निगालोे व्यवसायी बताउँछन् । यसबाट दैनिक गुजारा चलाउँदै आएका भए पनि आज–भोलि समस्यामा परेको ६५ वर्षीय तीलबहादुर पार्कीले बताउनुभयो ।
“आज–भोलि निगालो पाइन छाडेपछि परिवारको दैनिक हात–मुख जोड्न समस्या हुन थालेको छ । पहिले गाउँमा निगालोेको काम गरेर दैनिक गुजारा चलाउँदै आएको थिएँ, अहिले समस्या भएको छ ।” उहाँले भन्नुभयो ।
“दैनिक गुजारा गर्नसमेत समस्या पर्न थालेपछि जेठो छोरा धनगढी काममा पठाएको छु, परम्परादेखि चलिआएको पेशालाई न त छोड्न नै सकिन्छ, न त यसबाट गुजारा नै राम्ररी गर्न सकिन्छ । गाउँमा निगालोे पाउन छाडेपछि निगालोेका लागि तीन दिनको यात्रा गरेर छिमेकी जिल्ला बझाङ पुग्नुपर्ने अवस्था छ ।” रती पार्कीले भन्नुभयो ।
बैतडी र बझाङबाट चर्को मूल्यमा निगालोे खरिद गरेर ल्याउनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । करीब तीन दिनको पैदलयात्रा गरेर ल्याएको निगालोका सामान उत्पादन गरी बिक्री भएमात्र परिवार पाल्नुपर्ने अवस्था आएकोले गा¥हो हुने गरेको उनीहरूको भनाइ छ । दैनिक निगालोकै काम गरेर गुजारा चलाउँदै आएका यहाँका करीब २०० पार्की समुदायको यस्तै अवस्था रहे जीविका चलाउन समस्या हुने बताइएको छ । दैनिक उत्पादन गर्ने गरेका डोका, नाम्ला, सुप्पा र छापरा गाउँ–गाउँमा बिक्रीको लागि लैजाने गरेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *