भर्खरै :

कैलालीमा जनभेला

कैलाली, ११ चैत । नेपाल मजदुर किसान पार्टी कैलाली जिल्ला समितिको आयोजनामा लम्की चुहा नगरपालिका हरैवापुरमा स्थानीय जनताको भेला भयो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले पुँजीवादी व्यवस्थामा कामदार जनताको जीवन कहिल्यै सुखी नहुने धारणा राख्नुभयो ।
उहाँले समाजवादी व्यवस्थामामात्र श्रमिक जनताको श्रमको सम्मान र कदर हुने बताउनुभयो । नेमकिपा कैलाली जिल्ला समितिका अध्यक्ष रमेशकुमार रावलले शासक दलले चुनावको समयमा जनतालाई दिएको वचन पूरा नगरेर विश्वासघात गरेको धारणा राख्नुभयो ।
जनतालाई लोभ–लालचमा फसाएर चुनाव जितेका शासक दलले कामदार जनताको सेवा गर्न नसकेको उहाँको भनाइ थियो । कार्यक्रममा सीता खनालले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *