भर्खरै :

ब्रेललिपिका विद्यार्थीलाई परीक्षा दिन समस्या

हुम्ला, ११ चैत । बे्रललिपिको माध्यमबाट अध्ययन गरेका विद्यार्थीलाई स्वस्फुर्तरूपमा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिन समस्या भएको छ ।
प्राथमिक तहदेखि माध्यमिक तहसम्म ब्रेललिपिका माध्यमबाट अध्ययन गरेका न्यून दृष्टियुक्त विद्यार्थीलाई एसईईमा ब्रेललिपि र कम्प्युटरबाट परीक्षा दिने व्यवस्था नहुँदा उनीहरूलाई समस्या परेको हो । त्यो व्यवस्था नहुँदा उनीहरूलाई सहयोगीको भरमा परीक्षा दिनुपर्ने वाध्यता रहेको छ ।
जिल्लाको मानसरवर मावि परीक्षा केन्द्रबाट ब्रेललिपिका माध्यमबाट अध्ययन गरेका दुई जना न्यून दृष्टियुक्त परीक्षार्थीले परीक्षा दिइरहेको केन्द्राध्यक्ष अमबहादुर शाहीले बताउनुभयो । लामो समयदेखि ब्रेललिपि माध्यमबाटै अध्ययन गराउँदै आएका हिमाली शिक्षा र विकास ‘हेड नेपाल’ नामक संस्थाका कार्यकारी निर्देशक छिटुप लामाले अहिलेसम्म ब्रेललिपिका माध्यमबाट अध्ययन गरेका आठ न्यून दृष्टियुक्त विद्यार्थीले एसईई परीक्षा दिएका छन्, ती सबै अर्काको भरमा परीक्षामा पास हुनुपरेको बताउनुभयो ।
ब्रेललिपिबाट अध्ययन गरेका विद्यार्थीले परीक्षा दिँदा परीक्षा दिने अर्का सहयोगी राख्दा आफूले अध्ययन गरेको जस्ता महसुस नभएको र राम्रो अड्ढसमेत ल्याउन नसकिएको विद्यार्थीको गुनासो छ । हरेक वर्ष हेड नेपालले न्यून दृष्टियुक्त र सुस्त बालबालिकालाई एसइई परीक्षा दिँदै आएकोले अहिलेसम्म ब्रेललिपि र कम्युटरबाट परीक्षा दिने सरकारले व्यवस्था नगरेकोे निर्देशक लामाले बताउनुभयो ।
अपा·ता भएका व्यक्तिले पनि शिक्षा लिबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले अपा·ता भएका व्यक्ति सामाहित शिक्षाको सुरूआत भएको हेड नेपालका कार्यक्रम परियोजना अधिकृत निर्मल विष्टले बताउनुभयो ।
कर्णाली प्रदेशमै कम परीक्षा दिने विद्यार्थीको सङ्ख्याको तथ्याड्ढ सार्वजनिक भइरहेका बेला हुम्ला जिल्लामा भने जिल्लाकै गत वर्षभन्दा यस वर्षमा परीक्षा दिनेको सङ्ख्या बढेको जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ समितिका प्रमुख बर्ख फडेराले बताउनुभयो । हुम्लामा ६ वटा परीक्षा केन्द्रबाट ९८८ परीक्षार्थीमध्ये ९५३ परीक्षार्थीले परीक्षा दिएका छन् । जसमा चार जना न्यून दृष्टियुक्त विद्यार्थी छन् ।
सदरमुकाम सिमकोटमै रहेको बालमन्दिर माविमा अध्ययन गरेकी रीता बुमी र प्यारीलाल ऐडीले मानसरोवर मावि परीक्षा केन्द्रबाट परीक्षा दिएका छन् । ब्रेललिपि माध्यमबाट अध्ययन गरेका एसईई दिने परीक्षामा सामान्य विद्यार्थीसँग बसेर परीक्षा दिन धेरै समस्या भएको रीता बुमीले बताउनुभयो ।
बे्रललिपि र कम्प्युटरका माध्यमबाट परीक्षा दिने व्यवस्था सरकारले नगरेकै कारणले परीक्षा दिने विद्यार्थी अर्काको भरमा पास हुनुपरेको बताउनुभयो । सरकारले अहिलेसम्म ब्रेललिपिबाट अध्ययन गरेका विद्यार्थीलाई परीक्षा ब्रेललिपि र कम्प्युटरका माध्यमबाट सञ्चालन नहुँदा समस्या भोग्नुपरेको छ । यो समस्या हुम्लामा मात्र नभई नेपालभरि नै रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *