भर्खरै :

सहकारीकर्मीलाई थ्रीपी तालिम सम्पन्न

भक्तपुर, ११ चैत । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि. भक्तपुरको तालिम व्यवस्थापन उपसमितिको आयोजनामा दुईदिने 3P (PEARLS, PLAN and POLICY) तालिम सम्पन्न भयो ।
समापन समारोहमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लि.का बरिष्ठ उपाध्यक्ष परितोष पौडेलले सहकारी नियमावली जारी गर्नमा सङ्घ अथक प्रयास गर्दै आएको जानकारी दिँदै सरकारले सहकारीको २५ वर्षे रणनीतिक योजना तर्जुमा अभियानको तर्फबाट योजना तर्जुमा सहजीकरणसमेत गर्दै आएको चर्चा गर्नुभयो । उहाँले कागज र रुपैयाँविनाको इलेक्ट्रोनिक्स कारोवारमा जोड दिनुपर्ने विचार राख्नुभयो ।
सङ्घका अध्यक्ष कृष्णगोविन्द लाखाजुले पल्र्स तालिम लिइसकेकोलाई पल्र्सबाट देखिएको समस्याको क्षेत्रमा सुधारकालागि योजना बनाउन सो योजना सफलताको लागि नीति तर्जुमा गराउन सक्ने उद्देश्यले घए तालिम आयोजना गरेको कुरा बताउनुभयो । ६२ औं राष्ट्रिय सहकारी दिवस साविकझैं प्रभात फेरी कार्यक्रमका साथ मनाइने कुरा बताउनुभयो र अभियानलाई जोड दिँदै आएको बताउनुभयो । तालिमका प्रशिक्षक कुमार खत्रीले सुशासनमा रहेका सहकारी संस्थाले मात्र सफलता प्राप्त गर्ने विचार व्यक्त गर्नुभयो ।
सङ्घका व्यवस्थापक बालकृष्ण धोंजू, चन्द्रागिरी साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठ र कल्याणकारी साकोसका प्रमुख कार्यकारी अधिकृत कुमार खत्रीले प्रशिक्षण दिनुभएको कार्यक्रममा तालिम व्यवस्थापन उपसमितिका संयोजक चण्डिका छुकाँ, उपसमितिका सदस्य विश्वबहादुर दुवाल र तुल्सीहरि प्रजापतिले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *