भर्खरै :

चीन, इटाली र युरोप

चीनका राष्ट्रपति सी चिनफिङको युरोप भ्रमणले चीन–युरोप सहकार्यमा नयाँ गति प्रदान गरेको छ । गएको शनिबार इटाली र चीनबीच बेल्ट एन्ड रोड परियोजनासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भयो । बीआरआईमा हस्ताक्षर गर्ने इटाली जी ७ सम्बद्ध पहिलो देश हो । त्यसकारण यो घटनालाई संसारभरिका मानिसले निकै महत्वका साथ हेरेका छन् । बीआरआईमा इटालीको सहभागिताले यो परियोजनाको आकर्षणलाई थप उजागर गरेको छ । इटालीले समझदारी पत्रमा हस्ताक्षर गर्नुअघि बीआरआई परियोजनामा सहकार्यको लागि १२३ देश र २९ वटा अन्तर्राष्ट्रिय सङ्गठनहरूले हस्ताक्षर गरिसके । बीआरआईमा हस्ताक्षर गर्ने सबै सार्वभौम देशले यो परियोजनामार्फत आफ्नो विकास र समृद्धि सम्भव भएकोमा विश्वास गर्छन् । इटालीको सरकारले आफ्नो हितलाई नै प्राथमिकतामा राख्नु स्वाभाविक हो । चीन र इटालीबीचको आपसी हित नै यी दुई देशबीच सहकार्यका आधार हुन् ।
बीआरआईमा इटालीको संलग्नताप्रति संरा अमेरिकाले सार्वजनिकरूपमै विरोध गरेको छ । संरा अमेरिकाको विरोधबीच इटालीले बीआरआईमा हस्ताक्षर गर्नुलाई केही पश्चिमा जनताले संरा अमेरिकाको प्रभाव ओरालो लागेको र चीनको प्रभाव विस्तार भइरहेको भन्ने अर्थमा बुझिरहेका छन् । आलोचकहरूले भने युरोपमा चीनको प्रभाव विस्तार गर्न इटालीले ढोका खोलेको भनेका छन् । केहीले भने अतिरञ्जनापूर्वक इटाली ‘ट्रोजन हर्स’ भएको आरोप लगाएका छन् । तर, यी सबै असान्दर्भिक भनाइहरू संरा अमेरिका र केही उपद्रोही युरोपेलीले गरेको दुष्प्रचारमात्र हुन् ।
बीआरआईको मूल लक्ष्य सहकार्य हो । इटालीको लागि आफ्ना बन्दरगाहहरू पुनः सुचारू गर्ने र नयाँ आर्थिक शक्तिको रूपमा अघि बढ्ने यो राम्रो अवसर हो । अरु पश्चिमा देशहरूको तुलनामा चीनसँग इटालीको आर्थिक विकास पछि परेको छ । इटालीले वैदेशिक सहकार्यमा एउटा नयाँ पाइला चालेको अवस्थामा सबै सम्बद्ध पक्ष इटालीप्रति खुसी हुनुपर्ने हो । उनीहरूले एक जना मित्रले जस्तो व्यवहार गर्नु उपयुक्त हुन्छ ।
केही अमेरिकीहरू अति नै संवेदनशील छन् । उनीहरूले चीनलाई अलि बढी नै भूराजनीतिक कोणबाट बुझ्ने गरेका छन् । मानौं, पेइचिङले अरु कुनै पनि देशलाई वास्ता नगरी वाशिङ्टनलाई मात्र निशाना बनाएजस्तो । संरा अमेरिका अझै पनि शक्तिशाली छ । तर, अमेरिकीहरूको होस भने निकै चाँडै नै उडिरहेको छ । चीन र इटालीबीच भएको मैत्रीपूर्ण र बृहत् सोचको समझदारी पत्रले अरु देशको पीडालाई मेटिदिने हामी विश्वास गर्छौं ।
अधिकांश देशहरू, विशेषतः प्रमुख देशहरूले बहुमुखी कूटनीतिलाई विशेष जोड दिएका हुन्छन् । चीनसँग इटालीको सम्बन्ध निकट नहोस् भनी केही देश आशा गर्छन् । वास्तवमा यो अस्वस्थ मानसिकताको परिणाम हो । यस्तो मानसिकता असफल हुनुको विकल्प छैन ।
चीन युरोपको दीर्घकालीन साझेदार हो । चीन र युरोपबीच प्रतिस्पर्धा त छँदैछ । तर चीनसँगको प्रतिस्पर्धा युरोपले आजसम्म भोगेका प्रतिस्पर्धाभन्दा सबभन्दा सरल र स्वस्थ हुनेछ । चीन र युरोपबीचको सहकार्य स्वेच्छिक र दोहोरो हुन्छ । केही समस्या आए चीनले युरोपेली सङ्घसँग सल्लाह गर्छ । दुईपक्षीय व्यापारमा कुनै प्रकारका समस्या आए युरोपलाई संरा अमेरिकासँग वार्ता गरे भन्दा चीनसँग वार्ता गर्न निकै सजिलो महसुस गर्नेछ । चीनसँगको वार्तामा आफ्नो सम्मान भएको युरोपले अनुभूति गर्नेछ ।
चीन एकीकृत र बलियो युरोपेली सङ्घको कामना गर्छ र त्यस्तै कामनाको अपेक्षा गर्छ । चीनले कहिल्यै पनि ‘चीन प्रथम’ को नीति अङ्गाल्दैन । आपसी हित हासिल गर्न दुवै पक्षबीच विभिन्न उपायको खोजी गर्नसक्छ । चीन त्यस्ता आपसी सल्लाहको सधैं स्वागत गर्छ ।
बीआरआईमा इटालीले गरेको समझदारीप्रति युरोपेलीहरूले चिन्ता मान्नुपर्ने कुनै कारण छैन । चीनसँग सहकार्य बलियो बनाउन यसलाई प्रमुख युरोपेली देशको प्रयोगको रूपमा बुझ्न बुद्धिमानी हुनेछ । बीआरआई थप समृद्धिको बाटो हो । आजको हाम्रो संसार भूराजनीतिक नियममा आधारित छैन । २१ औं शताब्दीपछि यो संसार अझ धेरै रङ्गिन बन्नेछ ।
केही युरोपेलीहरू चीनको उदयले युरोपलाई चोट पर्नेमा चासो व्यक्त गर्छन् । तर, यस्ता चिन्ता र चासोले युरोपको हित हुनेछैन । प्रतिस्पर्धा हुनुपर्छ । औद्योगिक क्रान्ति भएको महादेश हुनुको नाताले युरोपसँग आत्मविश्वास हुनुपर्छ । प्रविधिमा युरोपले चीनलाई नेतृत्व गर्छ । चीनले आफ्नो विकास रोकोस् भन्ने आशा गर्नुभन्दा युरोपले आफ्नो विकासको गति बढाउन सके उचित हुनेछ ।
सोत – ग्लोबल टाइम्स

Leave a Reply

Your email address will not be published. Required fields are marked *