यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, १४ चैत । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् पूर्वसांसद अनुराधा थापामगरको आतिथ्यमा सूर्यविनायक नपा वडा नं. १० चित्तपोल दहगाउँ खानेपानी उपभोक्ता समितिको दोस्रो वार्षिक साधारणसभा बिहीबार एक समारोहबीच सम्पन्न भयो ।
कार्यक्रममा अतिथि थापामगरले उपत्यकामा खानेपानीको ठूलै समस्या भएरै २५ वर्ष अगाडी ल्याइएको मेलम्ची खानेपानी कमिसन र अनियमिताको कारण अहिलेसम्म आउन नसकेको बताउनुभयो ।
उहाँले गाउँ–गाउँको खानेपानीको मूललाई संरक्षण गर्नुका साथै सरसफाइमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
संसदमा पेश भएको नागरिकता विधेयक पास भएको खण्डमा नेपाल भारतीय उपनिवेश बनेर नेपालीको अस्तित्व मेटिने चर्चा गर्दै उहाँले अमेरिकी साम्राज्यवादले नेपाललाई ५६ अर्बको लोभ देखाएर चीन र प्रजग कोरियाबाट अलग राख्ने र नेपाललाई रणभूमिमा परिणत गर्न खोजेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “युवाहरूलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्नुपर्छ, गाउँ–टोलमा भएका अन्धविश्वास र कुरीतिहरूविरूद्ध जनतालाई सचेत गर्नु आवश्यक छ ।”
दहगाउँ खानेपानी उपभोक्ता समितिका अध्यक्ष रामकुमार नगरकोटीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेमकिपा भक्तपुर जिल्ला समितिका सदस्य एवम् खानेपानी उपभोक्ता समितिका सल्लाहकार सूर्यभक्त त्वाती, समितिका सदस्य केदार थापा र नेमकिपा सूर्यविनायक नगर समितिका सदस्य श्याम बिशुंकेले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा खानेपानी उपभोक्ता समितिका अध्यक्ष रामकुमार नगरकोटीले संस्थाको आय–व्यय प्रस्तुत गर्नुभएको थियो ।
Leave a Reply