भर्खरै :

सङ्गीतकार हाडालाई पुत्री शोक

भक्तपुर, १४ चैत । सङ्गीतकार राजेश हाडालाई पुत्री शोक भएको छ । हाडाकी छोरी दीक्षा हाडाको मङ्गलबार बिहान १०ः१० बजे ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा २१ वर्षको उमेरमा निधन भएको हो । मृतक हाडा किशोर–किशोरीलाई हुने दुर्लभ सिनोभियट सार्कोमा नामको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । दीक्षाकी पिता सङ्गीतकार हाडाले दिनुभएको जानकारीअनुसार दीक्षाको नेपाल क्यान्सर अस्पतालबाहेक थाइल्यान्डको बैङ्कक, भारतको नयाँ दिल्लीमा उपचार भएको थियो ।
बायाँ तिघ्राबाट सुरु भएको सिनोभियट सार्कोमा २०७४ सालमा गरिएको शल्यक्रियापश्चात् नियन्त्रण भएको थियो । तर, पछि मेरुदण्ड र फोक्सोमा सो रोग सङ्क्रमण भएको पिता राजेशले बताउनुभयो ।
पढाइमा तीक्ष्ण दीक्षाले विद्यालय तहको अध्ययन वीरेन्द्र सैनिक आमाविबाट पूरा गर्नुभएको थियो । उहाँ ख्वप इन्जिनियरिङ कलेजको आर्किटेट सङ्कायकी विद्यार्थी हुनुहुन्थ्यो । पहिलो सेमेस्टरमा सर्वाधिक अङ्क ल्याएकी दीक्षाले शारीरिक अस्वस्थताकै कारण आफ्नो पढाइ दोस्रो सेमेस्टरमा छोड्नुपरेको थियो ।
सङ्गीतमा विशेष चाख राख्ने दीक्षा गीत गाउनुका साथै पियानो, गितार पनि बजाउनुहुन्थ्यो । उहाँले नेपालभाषा साहित्य तःमुंज्याको मञ्चमा दुई वर्ष स्वागत गीत गाउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *