भर्खरै :

राणाको ‘तलाश’ सार्वजनिक

काठमाडौँ, १५ चैत (रासस) ः साहित्यकार डा कृष्णजङ्ग राणाको हिन्दी भाषामा लेखिएको गजलसङ्ग्रह ‘तलाश’ सार्वजनिक गरिएको छ ।
कृष्णचन्द्र मिश्र पब्लिकेशनद्वारा आज यहाँ आयोजित कार्यक्रममा साहित्यकार डा रामदयाल राकेश, कालीप्रसाद रिजाल र वसन्त चौधरीले उक्त सङ्ग्रहको सार्वजनिक गर्नुभएको हो । साहित्यकार रिजालले कवि राणाका गजलले नेपालको गजलसाहित्यमा विशिष्ट योगदान पु¥याउने धारणा राख्नुभयो ।
साहित्यकार चौधरीले नेपाली र हिन्दी साहित्यमा पहिचान बनाइसक्नु भएका कवि राणाको गजलसङ्ग्रहले दुवै भाषाको साहित्यलाई समृद्ध बनाउन योगदान दिने बताउनुभयो । साहित्यकार डा स्वेता दिप्तीले गजलमा हिन्दी र उर्दुको मिश्रण रहेको उल्लेख गदै कविले आफ्ना अन्तरमनका कुरा राखेको बताउनुभयो । साहित्यकार डा राकेश, कवयत्री शान्ति शर्मा, पुष्पा ठाकुरलगायतले गजलसङ्ग्रहमा भएको गजल वाचन गर्नुभएको थियो ।
साहित्यकार राणाले प्रकृतिमा भएका मायाको बारेमा गजल लेखिएको बताउनुभयो ।
“माया विभिन्न तवरबाट हुन्छन् । व्यक्ति, समाज, प्रकृतिलगायतका रहेका हुन्छन्’ उहाँले भन्नुभयो, “मायालाई गजलमार्फत प्रस्फुटन गर्ने प्रयास गरिएको छ ।” गजलसङ्ग्रहमा ८७ वर्षीय राणाका ८७ गजल छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *