नेपाल–भारत मैत्रीको एक उदाहरणः कोसी योजना
- कार्तिक १९, २०८३
भीमदत्तनगर, १५ चैत (रासस) ः कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रचारप्रसार गर्ने उद्देश्यसाथ आजदेखि शुक्लाफाँटा पर्यटन महोत्सव शुरु भएको छ ।
महोत्सवको सांसद डा दीपकप्रकाश भट्टले उद्घाटन गर्दै धार्मिक, सांस्कृतिक, कला साहित्य र विविधताको प्रचारप्रसार गरेर पर्यटक भित्र्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “पर्यटन पनि समृद्धिको महत्वपूर्ण आधार हो ।” शुक्लाफाँटालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन पनि महोत्सवलाई निरन्तरता दिनुपर्ने उहाँको जोड थियो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय, कञ्चनपुर उद्योग वाणिज्य सङ्घ, नाटा सुदूरपश्चिम, होटल व्यवसायी सङ्घलगायतको सहकार्य र भीमदत्तनगरपालिकाको संयोजनमा यहाँका नौवटै स्थानीय तह महोत्सवमा सहभागी छन् । महोत्सव चैत २१ गते सम्म चल्नेछ ।
भीमदत्तनगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आन्तरिक र बाह्य पर्यटनका लागि महत्वपूर्ण क्षेत्र भएकाले प्रचारप्रसार गर्न ‘जाउँ है शुक्लाफाँटा’ अभियानअन्तर्गत महोत्सव आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले निकुञ्जमा पर्यटन प्रवद्र्धनका लागि शुक्लाफाँटा पर्यटन मार्ग निर्माण, झोलुङ्गे पुल नजिक उद्यान र पार्क निर्माण, राना थारू घरवास प्रवद्र्धनका लागि सहयोगसमेत गरिने बताउनुभयो ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मणप्रसाद पौडेलले शुक्लाफाँटाको समग्र अवस्थाबारे जानकारी दिनुभएको थियो । कूल ३०५ वर्ग किलोमिटरमा फैलिएको शुक्लाफाँटा बाह्रसिङ्गा, दुर्लभ वन्यजन्तु, पक्षी तथा वनस्पतिको लागि प्रसिद्ध छ ।
Leave a Reply