तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
काठमाडौँ, १६ चैत । नेपाल मजदुर किसान पार्टी नगर समितिको आयोजनामा टोखामा ‘मजदुर–किसान’ वर्ष ८ अङ्क २ को अध्ययन गोष्ठी शनिबार सम्पन्न भयो ।
गोष्ठीमा नेमकिपाका केन्द्रीय सदस्य राजवीर डंगोलले नेकपा युरो कम्युनिजम्को पक्षमा रहेको र युरो कम्युनिजम् संशोधनवादी र सुधारवादी भएको बताउनुभयो ।
संशोधनवाद र सुधारवाद माक्र्सवादी सिद्धान्त नभएको चर्चा गर्दै उहाँले संशोधनवाद कम्युनिष्ट सिद्धान्तलाई असफल पार्न ल्याइएको विचार भएको बताउनुभयो ।
फास्ट ट्र्याक, बाहिरी चक्रपथ, बागमती करिडोर पुँजीवादी सोचको उपज भएको धारणा राख्दै केन्द्रीय सदस्य डंगोलले कम्युनिष्टले गाउँ र सहरको भेद कम हुने गरी समानुपातिक रूपमा विकास गर्छ भन्नुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले पार्टी भीड नभई विचार हो भन्नुभयो ।
सिद्धान्तमा अटल रहेर एक–एक पाइला गर्दै वैचारिक र सामाजिक परिवर्तन गरी आमूल परिवर्तन गर्दै जाने परिपाटी पार्टीमा हुने विचार राख्दै उहाँले पार्टी सिद्धान्तलाई व्यवहारमा लागू गर्न अघि बढ्छ भन्नुभयो ।
नेमकिपा काठमाडौँ महानगरपालिकाका सचिव सुरेन्द्र महर्जनले देशका ठूला भ्रष्टाचारीहरू नै भ्रष्टाचारविरोधी दिवस मनाइरहेको चर्चा गर्नुभयो ।
कार्यक्रममा शैलेश डंगोल, वीरबहादुर डंगोल, सानुबाबु श्रेष्ठ, रमेश डंगोल, विश्वक डंगोल, कृष्णमान श्रेष्ठ, काशिलाल डंगोल र कमलबहादुर डंगोलले पत्रिका अध्ययनबारे आफ्नो सार राख्नुभएको थियो ।
Leave a Reply