मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
भक्तपुर, १६ चैत । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले समाजलाई अगाडि बढाउन देशको राजनीति बुझ्नुपर्ने, अन्याय र गलत कामको विरुद्ध लड्नु सचेत नागरिकको कर्तव्य भएको बताउनुभएको छ ।
शुक्रबार भक्तपुर नगरपालिकाको आयोजनामा चैत ७ गतेदेखि १५ गतेसम्म सम्पन्न स्थानीय पथ प्रदर्शक पुनर्ताजगी तालिमको समापन कार्यक्रममा प्रमुख प्रजापतिले प्रमाणपत्रको मूल्याङ्कन पर्यटकहरूले गर्ने हुँदा पर्यटकहरूलाई सत्य–तथ्य जानकारी दिनुपर्ने र आफूसँग भएको ज्ञानलाई प्रभावकारी ढङ्गले उपयोग गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले पथ प्रदर्शकहरूले भक्तपुरका मूर्त–अमूर्त सम्पदाबारे पर्यटकहरूलाई सही सूचना प्रवाह गर्नुपर्ने र आफूसँग भएको ज्ञान र सीपको सही सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सही सूचना प्रवाहले भक्तपुरको गरिमा बढ्ने र पर्यटकलाई आकर्षण गर्ने बताउनुभयो ।
पर्यटन सेवा केन्द्रका प्रमुख गौतमप्रसाद लासिवाले पर्यटकहरूमा गलत सूचना प्रवाह हुनेतर्फ सजग हुनुपर्ने र भक्तपुरलाई पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्न तालिम उपयोगी हुने बताउनुभयो ।
भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष रामसुन्दर भेलेले पर्यटकहरूलाई सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने र भक्तपुरको कला–संस्कृति उजागर गर्न भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
वातावरण तथा पर्यटन समितिका संयोजक तथा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रशिक्षक तथा प्रशिक्षार्थीहरूलाई प्रमुख प्रजापतिले कदरपत्र र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा प्रशिक्षार्थी रामेश्वर न्यौपानेले तालिमबाट प्राप्त भएको अनुभव सुनाउनुभयो । कार्यक्रममा भ.प.वि.स.का दिपेशराज शर्माले पनि बोल्नुभएको थियो ।
Leave a Reply