ख्वप इन्जिनियरिङमा अन्तर–विभाग फुटसल सुरु
- चैत्र १४, २०८२
भक्तपुर, १६ चैत । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पानसमा दीप प्रज्ज्वलन गरी शनिबार सिद्धि गणेश कप २०७५ को उद्घाटन गर्नुभयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले खेलाडीहरूले अनुशासित भई खेल खेलेर आफ्नो व्यक्तित्व विकासमा ध्यान दिनुपर्ने र भक्तपुर नगरपालिकाले युवा खेलाडीहरूलाई क्रियाशील बनाउन प्रत्येक वर्ष खेलकुद प्रतियोगिताहरूको आयोजना गर्दै आएको बताउनुभयो ।
माहेश्वरी खेल मैदान सुधार र व्यवस्थापनको लागि नक्सा डिजाइन भइसकेको उल्लेख गर्दै प्रमुख प्रजापतिले खेलाडीहरूले व्यक्तिगत स्वार्थ पूरा गर्नुभन्दा देशको इज्जतको निम्ति खेल्नुपर्ने बताउनुभयो ।
व्यवस्थित र अनुशासित खेलाडी तयार गर्ने उद्देश्य नगरपालिकाको रहेको प्रमुख प्रजापतिले बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले शरीर स्वस्थ राख्न खेलकुद गतिविधिहरू आवश्यक भएको र खेलाडीहरूले देशको इज्जत राखी सामाजिक दायित्व बहन गर्नु आवश्यक भएको बताउनुभयो ।
अखिल नेपाल फूटबल सङ्घका उपाध्यक्ष वीरबहादुर खड्काले व्यवस्थित खेलमैदानको व्यवस्थाले राष्ट्रिय÷अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा सहयोग पुग्ने र खेलाडीलाई हौसला दिने गतिविधिको सञ्चालन आवश्यक भएको बताउनुभयो ।
भक्तपुर जिल्ला फूटबल सङ्घका अध्यक्ष गौतम सुजखुले खेलकुद मित्रता, अनुशासन र जागरुकताको लागि हुनुपर्ने र खेलकुदमा अगाडि बढ्नेहरू व्यक्तिगत स्वार्थ र लोभलालचमा फस्न नहुने बताउनुभयो ।
खेलकुद समितिका सल्लाहकार कृष्णगोविन्द लाखाजुले खेलाडी उत्पादनको लागि व्यवस्थित खेलमैदानको आवश्यकता भएको औँल्याउनुभयो ।
सिद्धि गणेश खेलकुद समितिका अध्यक्ष श्यामकृष्ण लाखाजुको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा खेलकुद समितिका सचिव रामेश्वर लाखाजु र ईश्वरमान दुमरुले पनि बोल्नुभएको थियो ।
प्रतियोगिताअन्तर्गत शनिबार सिद्धि गणेश खेलकुद समिति र बीबीसी बनेपाबीच पहिलो खेल भएको थियो । खेलमा सिद्धि गणेशका पवन प्रजापतिले ७७ औँ मिनेटमा गोल गरी खेल आफ्नो पक्षमा पारेका थिए । खेलको म्यान अफ द म्याच सिद्धि गणेशका विशाल शाही घोषित भएका थिए ।
त्यस्तै दोस्रो खेल तारा युवा क्लव र नवज्योति काभ्रेबीच प्रतिस्पर्धा भएको थियो । खेलमा सिधा टाइब्रेकरमा नवज्योति काभ्रेले विजय हासिल गरेको थियो । खेलको म्यान अफ द म्याचमा रुकेश श्रेष्ठ घोषित भएका थिए ।
Leave a Reply