भर्खरै :

नंखेलमा कार्यकर्ता भेला

भक्तपुर, १७ चैत । नेमकिपा सूर्यविनायक वडा नं. ८ एकाइ समितिको आयोजनामा देशको समसामयिक विषयमा शुक्रबार छलफल कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य उकेश कवांले देशको नदी–नाला भारतलाई सुम्पने, भारतीय एकाधिकार पुँजीसामु लम्पसार पर्ने, नेपाली युवालाई विदेशमा पशुझैँ बेच्ने र शोषण गर्ने नेकाले झैँ यो नेकपाको सरकारले पनि त्यही बाटो अपनाइरहेको बताउनुभयो ।
“भेनेजुयाली सैनिक र युवाहरु देशभक्त र कम्युनिष्ट विचारप्रति झुकाव राखेकै कारण भेनेजुयला सरकार साम्राज्यवादी अमेरिकासामु नझुकेको हो”, उहाँले भन्नुभयो ।
नेमकिपा सूर्यविनायक नगर समिति संयोजक सूर्यभक्त त्वातीले देशघाती सन्धि–सम्झौताविरुद्ध नबोल्ने पार्टीबारे जनतामाझ उदाङ्ग्याउनुपर्छ भन्नुभयो ।
आयोजक समितिका संयोजक श्यामसुन्दर सुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा कृष्णनारायण मचामसी, रवीन्द्रकुमार थापा र रोशन मचामसीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *