‘धेरै ठुलो कुरा नगरेर सानो काम गरेर पनि जनताको सेवा गर्न सकिन्छ’
- असार ९, २०८३
हुम्ला, १६ पुस , जिल्लाको दक्षिण क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–८ रादेउ गाउँमा रहेको अंशुबर्मा निमावि राहदेवका विद्यार्थीका हातमा अझैसम्म पाठ्यपुस्तक पुग्न सकेको छैन ।
शिक्षक कलबहादुर ऐडीले शिक्षा, स्वास्थ्यलगायतका समस्या समाधान गर्ने जिम्मा स्थानीय सरकारलाई दिइए तापनि जिल्लाका अधिकांश विद्यालयमा पाठ्यपुस्तकको अभाव देखिएको बताउनुभयो । पाठ्यपुस्तक विद्यार्थीको हातमा पु¥याउने जिम्मा स्थानीय सरकारले लिए पनि अझैसम्म पुस्तक नपुगेको शिक्षक ऐडीले गुनासो गर्नुभयो ।
दुर्गम जिल्ला भएकाले विद्यार्थीको हातमा पाठ्यपुस्तक समयमै नपुग्ने, जिल्ला बाहिरका शिक्षक घर बिदा जाँदा समयमै उपस्थित नहुनेलगायतका समस्याले यहाँका विद्यार्थीलाई अध्ययनको सिलसिलामा जिल्लाबाहिर जाँदा निकै समस्या हुने उहाँले बताउनुभयो ।रासस
Leave a Reply