भर्खरै :

नैतिकताको आधारमा शिक्षामन्त्रीको राजीनामा माग

काठमाण्डौ, १८ चैत । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ केन्द्रीय समितिले आइतबार प्रदेश नं २ मा एसईईमा प्रश्न पत्र बाहिरिएको र सरकारले परीक्षा स्थगन गरेको विषयमा ध्यानाकर्षण गर्दै प्रेस वक्तव्य जारी गरेको छ । सङ्घका अध्यक्ष सविन ख्याजूले हस्ताक्षर गर्नुभएको वक्तव्यको पूर्ण विवरण प्रस्तुत छः
प्रदेश नं. २ मा एस्इइ परीक्षाअन्तर्गत चैत्र १४ र १५ गतेकोे विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरिएको र संघीय सरकारले ती दुवै दिनको परीक्षा रद्द गरेकोप्रति नेपाल क्रान्तिकारी विद्यार्थी संघको गम्भिर ध्यानाकर्षण भएको छ । प्रश्नपत्र बाहिरिनुमा परीक्षा नियन्त्रण कार्यालय, सम्वन्धित जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय एकाई र प्रहरी कार्यालयहरुमध्य छानविन गरी दोषीमाथि तत्काल कारवाही गर्न नेक्राविसंघ जोडदार माग गर्दछ ।
प्रदेश नं. २ मा ७० हजार ५ सय परीक्ष्ाँर्थी छन् । परीक्षा स्थगित हुनुभन्दा अगाडिसम्म जनशक्तिका लागिमात्र रु. ७० लाख रुपैया“भन्दा बढी खर्च भइसकेको छ भने अन्यसमेत कराडौं रुपैया“ खर्च भयो । नया“ प्रश्नपत्र निर्माण, छपाई, र प्रशासनिकसमेतको लागि थप करोडौं रुपैया“ खर्च हुनेछ । थप खर्च दोषीबाटै असूलउपर गरी अविलम्ब परीक्षा संचालन गरी स“गै सम्पूर्ण विद्यार्थीको नतिजा एकैसाथ प्रकाशन गर्न यो संघ जोड दिन्छ ।
परीक्षामा चिट चोराउने प्रवृत्ति हरेक वर्षझैं यस वर्ष पनि दोहोरिएको छ । हजारौं विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने र परीक्षालाई मर्यादित एवम् अनुशासित बनाउन नसक्ने शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नैतिकताको आधारमा राजिनामा गर्न आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *