भर्खरै :

नेमकिपाका दुई वक्तव्य

 
काठमाण्डौ, १८ चैत । नेपाल मजदुर किसान पार्टीले सोमबार राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा दुई छुटाछुटै वक्तव्य प्रकाशित ग¥यो । पार्टीका सचिव प्रेम सुवालले जारी गर्नुभएको पे्रस वक्तव्यका पूर्ण वक्तव्य प्रस्तुत छ ः
बारा र पर्सा जिल्लामा हावाहुरी
नेपालको तराईका बारा र पर्सा जिल्लामा २०७५ चैत १७ गते आइतबार साँझ आएको हावाहुरी र असिनापानीबाट बाराको पुरैनिया, परशुरामपुर, भरवलिया, पतौरा, मझौलिया, तेलागाई, भलुही, क्वैस्वर्ग, तेलकुवा, हर्दिया, धर्मनगरलगायत स्थानमा ३१ जना भन्दा बढीको मृत्यु भएको, ६ सयभन्दा बढी घाइते भएको र चार–पाँच सय घर भत्किनुका साथै बालीनालीको समेत क्षति भएको छ । उक्त विपदप्रति नेपाल मजदुर किसान पार्टी दुःख व्यक्त गर्दछ, यस दुःखद घडीमा शोकाकूल परिवारजनमा समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।
आकस्मिक हावाहुरीबाट सडकमा रोकी राखिएको पच्चीस वटा बस र ट्रक पल्टिएपछि चैनपुरमा धेरै घाइते भएको, ठाउँ–ठाउँमा सडक छेउका रूख र बिजुलीका खम्बा ढलेपछि घाइतेको उद्धारमा समेत कठिनाई भएको तथा असिनापानीले बालीनालीसमेत नष्ट पारेको समाचारले सम्पूर्ण नेपालीलाई स्तब्ध बनायो । सड्ढटको यो घडीमा हावाहुरी र असिनापानी पीडित जनताको अविलम्ब उद्धार, उपचार, राहत र पुनःस्थापनाको काम तदारुकताका साथ सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराउँदछौँ ।
प्रजग कोरियाली दुतावासमा हमला
गएको फागुन १० गते स्पेनस्थित प्रजग कोरियाको राजदूतावासमा संरा अमेरिकाको सङ्घीय गुप्तचर विभाग ९ँद्यक्ष्० र स्पेनस्थित प्रजग कोरियाविरोधी फासीवादी सशस्त्र समूह पसेर सञ्चार साधन विच्छेद गरी तोडफोड गरेको र दूतावासका राजदूत एवम् अन्य कर्मचारीहरूलाई कूटपीट गरी यातना दिएको घटना प्रजग कोरियाको सार्वभौमिकतामाथि हमला एवम् अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन नै हो ।
विश्वको कुनैपनि देशमा त्यस्तो कार्य सह्य हुँदैन । नेपाल मजदुर किसान पार्टी संरा अमेरिकाको सङ्घीय गुप्तचर विभाग र स्पेनस्थित प्रजग कोरियाविरोधी फासीवादी सशस्त्र समूहबाट भएको उक्त आक्रमणको विरोध एवम् भत्र्सना गर्दै विश्वको साझा संस्था संयुक्त राष्ट्र सङ्घको साधारणसभा र सुरक्षा परिषद्लाई समेत विरोध एवम् भत्र्सना गर्न ध्यानाकर्षण गराउँदछ ।फागुन १६ र १७ गते प्रजग कोरिया र संरा अमेरिकाबीचको भियतनाममा भएको दोस्रो शीखर वार्तामा प्रजग कोरियाले आणविक अस्त्र नष्ट गर्नुपर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको एकतर्फी सर्त कोरियाली प्रायःद्वीपको समस्याको समाधान होइन । यही सर्तको कारण दोस्रो शीखर वार्तामा दुई देशबीच कुनै सहमति हुन सकेन ।
कोरियाली प्रायःद्वीपको समस्याको स्थायी समाधानको लागि सन् १९५०–५३ को कोरिया युद्धको युद्ध विराम सन्धिलाई स्थायी शान्ति सन्धिमा परिणत गर्नु आवश्यक छ, साथै सात दशकदेखिको प्रजग कोरियाविरूद्धको अमेरिकी नाकाबन्दी हटाउनुपर्दछ । प्रजग कोरियालाई संरा अमेरिकाले नाकाबन्दीको उचित क्षतिपूर्ति दिनु आवश्यक छ भने दक्षिण कोरियामा रहेको अमेरिकी सेना एवम् हतियार फिर्ता गरी प्रजग कोरियाको सुरक्षाको प्रत्याभूति गर्नु आवश्यक छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले क्षेप्यास्त्र र आणविक परीक्षणलाई निरन्तरता दिँदासम्म प्रजग कोरियासँग कुनै सम्झौता नगर्ने र प्रजग कोरियामा कूटनीतिक नियोगसमेत नखोल्ने हठ लिनु न्यायोचित छैन । यो अमेरिकी अहङ्कार तथा अशिष्टताको पराकाष्ठा भएको नेपाल मजदुर किसान पार्टीको मत छ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *