भर्खरै :

हावाहुरीपछि गर्मी, वर्षा र सर्प अर्काे समस्यासरोज साह

वीरगञ्ज, १९ चैत । गएको आइतबार बेलुका बारा र पर्साका विभिन्न ठाउँमा गएको हावाहुरीका कारण सयौँ घर परिवार विस्थापित भएका छन् भने करिब ६०० जनाको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ ।
हावाहुरीका कारण प्रसौनी गाउँपालिका वडा नं. ४ भलबरी टोलमा नराम्ररी क्षति पुगेको छ । भलबरी टोलमा एकै परिवारका सासू बुहारीसहित जम्मा ३ जनाको निधन भएको छ । भलबरी टोल विशेषतः दलितहरूको बस्ती हो । यस बस्तीमा बसोबास गर्ने प्रायः सबैको आर्थिक अवस्था दयनीय रहेको छ ।
हावाहुरीबाट प्रभावित अधिकांश क्षेत्रहरूमा भग्नावशेष पन्छाउने काम भइरहेको छ भने पीडितहरूलाई विभिन्न सहयोगी संस्थाहरूले राहत पु¥याउने काम गरिरहेका छन् ।
भलबरीमा पीडितहरूलाई अहिलेसम्म प्रतिपरिवार एक थान त्रिपाल, २० किलो चामल वितरण गरेको यहाँका स्थानीय बुटाइ दास बताउँछन् । राहत वितरणमा पक्षपात भइरहेको उनको गुनासो छ । एउटा परिवारमा तीन जना सदस्य र सात जना सदस्य भए पनि पीडितले २० किलो चामल नै पाइरहेका छन् ।
तराईमा अहिले दिनप्रतिदिन गर्मी बढ्दै गइरहेको छ । गर्मीमा पानी, असिना पर्नुका साथै विषालु सर्पहरूको बिगबिगी हुन्छ । समयमै उपयुक्त बासस्थानको व्यवस्थापन सरकारले गर्नुपर्ने पीडितहरूको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *