भर्खरै :

नगरकोटमा युवा भेला

भक्तपुर, १९ चैत । नेपाल क्रान्तिकारी युवा सङ्घ चाँगुनारायण नगर समितिले समसामयिक राजनीतिबारे चानपा ६ नगरकोटमा कोणसभा ग¥यो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टी भक्तपुरका अध्यक्ष न्हुछेभक्त फोंजूले सरकारमा गएका शासक दलहरूको अकर्मण्यताको कारण कृषिप्रधान देश भएर पनि विदेशबाट खाद्यान्न आयात गर्नुपर्ने अवस्था दुःखद भएको बताउनुभयो ।
उहाँले चुनाव जित्नकै लागि शासक दलहरूले विदेशी र भ्रष्ट उद्योगपतिहरूसँग पैसा खाएको हुनाले देशमा भ्रष्टाचार मौलाउनुका साथै अपराध वृद्धि भएको चर्चा गर्दै नेकपाको सरकार भ्रष्टहरूको अखडाजस्तै भएको बताउनुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घ भजिसका अध्यक्ष मिनबहादुर बाटाले ओली सरकारले ल्याएको नागरिकता विधेयक हुबहु पास भए देश सिक्किम हुनसक्ने सम्भावना भएकोले यसको विरुद्ध देशभक्त नेपालीहरू जाग्नु जरुरी छ भन्नुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घ चाँगुनारायण नगर समितिका अध्यक्ष आर. साखकर्मीले एनसेलसँग नेकपाले चुनावमा पैसा खाएको कारण करको दायराभित्र ल्याउन नसकेको चर्चा गर्दै उत्पादनका स्रोत साधन निजी क्षेत्रलाई सुम्पिने नेकपाको सरकार कम्युनिष्ट हुनै नसक्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *