नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
प्योङयाङ, १९ चैत (एएनआई) । रुसका गृहमन्त्रीको नेतृत्वमा वरिष्ट अधिकारी सम्मिलित एक प्रतिनिधिमण्डलले प्रजातान्त्रिक जनगणतन्त्र (उत्तर) कोरियाको भ्रमण गरेको छ ।
कोरियाली केन्द्रीय समाचार समिति (केसीएनए) ले रुसी गृहमन्त्री भ्लादिमिर कोलोकोल्सेभको नेतृत्वमा रुसको उच्च पदाधिकारीको एक टोली सोमबार प्योङयाङ भ्रमणमा आएको जनाएको छ ।
प्रजग कोरियाली सर्वीच्च नेता किम जोङ–उनले यसै महिनाभित्र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणमा रुसको भ्रमण गर्ने सम्भावना छ । उक्त भ्रमणको तयारीका लागि पनि रुसी गृहमन्त्रीको भ्रमण भएको अडकलबाजी गरिएको छ । केहीअघि मात्र कार्यवाहक सेनाप्रमुख किम चाङ–सोनले मस्को र भ्लाडिभोस्टकको भ्रमण गर्नुभएको थियो । प्रजग कोरियाली नेता किमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग शिखर बैठक गर्नुअघि चार पटक चीनको भ्रमण गरिसक्नुभएको छ । तर, किमले सन् २०११ मा सत्ता सम्हालेयता रुसको भ्रमण गर्नुभएको छैन । हाल, प्रजग कोरियाले रुससँगको सम्बन्ध सुदृढ तुल्याउन कूटनीतिक पहललाई तीव्र बनाएको छ । खासगरी अमेरिकी राष्ट्रपतिसँगको हनोई वार्तामा सोचेजति प्रगति नभएपछि उत्तर कोरियाले कूटनीतिक पहललाई तीव्र बनाउन लागेको हो ।
Leave a Reply