भर्खरै :

बा¥ह जना नेपाली किशोरीको नयाँदिल्लीबाट उद्धार

नयाँदिल्ली, १९ चैत (एएनआई) । दिल्ली महिला आयोगले भारतको राजधानी सहर नयाँदिल्लीका विभिन्न स्थानबाट छापा मारी १२ जना नेपाली किशोरीको उद्धार गरेको जनाएको छ ।
उद्धार गरिएका किशोरीले एक जना उदय नाम गरेका व्यक्तिले दुबई र खाडीका अरु मुलुकमा कामको प्रलोभन देखाएर नयाँदिल्ली ल्याएको बताएका छन् । आयोगका सदस्य किरण नेगीको अगुवाइमा नयाँदिल्लीका नजफगढका दुई स्थानबाट किशोरीको उद्धार गरिएको आयोगले जनाएको छ । तर, किशोरीलाई दिल्लीसम्म ल्याउने एजेन्ट फरार भएका छन् । उद्धार गरिएका अधिकांश किशोरीले रोजगारी दिलाउने नाममा ती एजेन्टलाई प्रतिव्यक्ति रु. ५० हजार बुझाएको बताएका छन् तर दुई जनाले भने एजेन्टलाई रु. दुई लाख दिएको दाबी गरेका छन् । उद्धार गरिएका सबै किशोरीलाई नेपाल पठाइने आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *