भर्खरै :

के बेल्ट एन्ड रोड परियोजना ‘ऋणको जालो’ हो ?

लि शिपिङ-झेङ दोङचाओ
बितेका पाँच वर्षमा चीनले अघि सारेको क्षेत्र र बाटो परियोजना (बेल्ट एन्ड रोड इनिसिएटिभ) को सर्वत्र सम्बन्ध र पूर्वाधारसम्बन्धी विकास परियोजनाको रुपमा चर्चा चल्यो । तथापि केही मानिसले भने यसको आलोचना गरे । बेल्ट एन्ड रोड परियोजनाको आलोचना गर्नेहरूले विशेषतः यसलाई ‘ऋणको जालो’ (डेब्ट ट्र्याप) को रुपमा व्याख्या गरे । त्यसै ऋणको भारले थिचिएका देशहरूलाई चीनले अझै थप ऋणको भारी बोकाउन खोजेको उनीहरूको बुझाइ हो ।
चीनविरोधी पूर्वाग्रह पालेका केही पश्चिमा थिङ्ग ट्याङ्ग र सञ्चारमाध्यमले बेल्ट एन्ड रोड परियोजनालाई संसारमा विद्यमान व्यवस्थालाई चुनौती दिने र आफ्नै नेतृत्वमा नयाँ विश्व व्यवस्था बनाउने चीनको रणनीतिको रुपमा अथ्र्याउने गरेका छन् । यस्तो कुराले उनीहरूले बोकेका शीतयुद्धकालीन मानसिकता अभिव्यक्त हुने गरेको छ । चीनको शान्तिपूर्ण विकास बिथोल्न उनीहरूले वार कि पारको खेल खेलिरहेका छन् ।
बेल्ट एन्ड रोड परियोजनालाई ऋणको जालो देख्ने तथाकथित विज्ञहरूले यसमाथि कुनै आरोप लगाउनुअघि सोच्नुपर्ने प्रश्न के हो भने, के यो परियोजनामा सहभागी देशहरूले यसको सम्भाव्यताको कति पनि अध्ययन नगरी सहभागी बन्ने निर्णय गरेका होलान् त ? के उनीहरूले यसको लागत र आफूलाई हुनसक्ने फाइदाको कति पनि हिसाबकिताब नगरेका होलान् त ? बेल्ट एन्ड रोड परियोजनामा सहभागी बन्ने निर्णय गर्नुअघि के यसको गुण दोषको हिसाबकिताब नगरेका होलान् त ? उनीहरूले बुझ्नुपर्ने कुरा के हो भने, चीनले पूर्वाधार निर्माण गर्न कोषको अभाव भएका देशहरूलाई पनि सहयोग गर्दै आएको छ । तर, केही विकसित देश र अन्तर्राष्ट्रिय वित्तीय सङ्गठनहरूले पूर्वाधार परियोजनाबाट ढिलामात्र फाइदा उठाउन सकिने भन्दै त्यस्तो सहयोग गर्ने गरेका छैनन् ।
बेल्ट एन्ड रोड परियोजनालाई ‘ऋणको जालो’ भनेर ती कथित आर्थिक चिन्तकहरूले चीनप्रतिको पूर्वाग्रहमात्र पोखेका छन् । उनीहरू पश्चिमा देशले दिने पैसालाई जल र चीनले दिएको पैसालाई छल भनी व्याख्या गर्छन् ।

विकासशील देशहरू पश्चिमा देश र अन्तर्राष्ट्रिय वित्तीय सङ्घ–सङ्गठनबाट ऋण मागिरहेका हुन्छन् । केही देश त लामो समयका लागि लिएका धेरै ऋणका कारण ऋणको भारीमा चुर्लुम्म डुबेका छन् । तीमध्ये केही देशले त चीनसँगको सहकार्य र ऋण लिएर त्यो ऋणको भारी केही कम गरेका छन् । अन्तर्राष्ट्रिय बजारमा हालसालैमात्र आएको देश हुुनुका कारण चीन अन्तर्राष्ट्रिय समुदायको प्रमुख ऋणदाता होइन । तथापि पनि चीनलाई बिनाआधार अरु विकासशील देशमाथि ‘ऋणको जालो’ बिछ्याएको आरोप लगाइएको छ ।

बेल्ट एन्ड रोड परियोजनाले त्यसमा सामेल भएका कुनै पनि देशमा ऋण सङ्गट ननिम्त्याएको वास्तविकता सर्वविदितै छ । उदाहरणको लागि फिलिपिन्सका अर्थसचिव कार्लोस डोमिनगेजले गएको मार्च ७ मा भनेका थिए, “फिलिपिन्सको कुल वैदेशिक ऋणमध्ये बेइजिङको ऋणमात्र एक प्रतिशत छ । सन् २०२२ को अन्त्यसम्ममा चिनियाँ ऋण कुल वैदेशिक ऋणको ४.५ प्रतिशत पुग्नेछ । जबकि जापानलाई तिर्नुपर्ने ऋण भने ९.५ प्रतिशत हुनेछ । मलाई थाहा छैन, मान्छेहरू किन फिलिपिन्स जापानको ऋणको जालोमा फस्ने कुरा गरिरहेका छैनन् ।”
विकासशील देशहरू पश्चिमा देश र अन्तर्राष्ट्रिय वित्तीय सङ्घ–सङ्गठनबाट ऋण मागिरहेका हुन्छन् । केही देश त लामो समयका लागि लिएका धेरै ऋणका कारण ऋणको भारीमा चुर्लुम्म डुबेका छन् । तीमध्ये केही देशले त चीनसँगको सहकार्य र ऋण लिएर त्यो ऋणको भारी केही कम गरेका छन् । अन्तर्राष्ट्रिय बजारमा हालसालैमात्र आएको देश हुुनुका कारण चीन अन्तर्राष्ट्रिय समुदायको प्रमुख ऋणदाता होइन । तथापि पनि चीनलाई बिनाआधार अरु विकासशील देशमाथि ‘ऋणको जालो’ बिछ्याएको आरोप लगाइएको छ ।
जिम्बाबेको हेरोल्ड खबर पत्रिकाले पनि पश्चिमा देशहरूले फैलाएको चीनको ‘ऋण जालो कूटनीति’ सिद्धान्त अस्वीकार गर्दै अरु संरा अमेरिका बीसौं शताब्दीदेखि नै ऋणको जालो फैलाउने देश भएको … विध्वंसकारी विश्वयुद्धपछि युरोपमा पुनःनिर्माणको नाममा विश्व बैङ्ग अन्तर्राष्ट्रिय मुद्राकोष त्यसको जालो बनेको बताएको छ ।
आफ्नो अर्थतन्त्रमा सुधार आउने आशा गर्दै अफ्रिकी देशहरू विश्व बैङ्ग, अन्तर्राष्ट्रिय मुद्राकोष र अन्य अन्तर्राष्ट्रिय वित्तीय संस्थाको सदस्य बने । तर, ती संस्थाहरूले कुनै फल दिन सकेनन् । “जिम्बाबेलगायत अफ्रिकी महादेशका अधिकांश देशहरू विश्व बैङ्ग र अन्तर्राष्ट्रिय मुद्राकोषलगायतका वित्तीय सङ्गठनका कारण ऋण सङ्गटमा फसे । आज उनीहरू त्यही जालोबाट उम्कने प्रयास गरिरहेका छन् ।”
चीनले ‘ऋण जालो’ को आरोपलाई गम्भीरतापूर्वक लिन हुन्न । तर, त्यस्ता आरोपलाई उसले उपेक्षा पनि गर्न मिल्दैन । बेल्ट एन्ड रोड परियोजनामा सहभागी देशहरूमा भएको लगानीलाई चीनले नजिकबाट ध्यान पु¥याउनुपर्छ, सम्बद्ध देशसँग संवाद बलियो बनाउनुका साथै कुनै पनि परियोजनाका टु·ो लगाउनुअघि विस्तारपूर्वक आर्थिक क्षमताको मूल्याङ्गन गर्नुपर्छ । साथै चीनले तेस्रो पक्षीय बजारमा आपसी फाइदा प्रवद्र्धन गर्न संरा अमेरिका र युरोपेली देशहरूमा सहकार्यका सम्भावनाको खोजी गर्नुपर्छ । चीनले विश्व बैङ्ग, अन्तर्राष्ट्रिय मुद्राकोष, एसियाली विकास बैङ्ग, एसियाली पूर्वाधार लगानी बैङ्गसँग पनि सहकार्य बलियो बनाउनुपर्छ । बेल्ट एन्ड रोड परियोजनालाई अझ पारदर्शी बनाउनुपर्छ । त्यसो गर्दा कसैले पनि यसको मनसायमाथि कसैले पनि प्रश्न उठाउने ठाउँ पाउनेछैन ।
गएको वर्षको एसियामा लगानीसम्बन्धी बोआओ सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङले भनेका थिए, “बेल्ट एन्ड रोड परियोजना नयाँ विषय हो । त्यसकारण यसमा बहस र छलफल हुनु स्वाभाविक हो ।” त्यसकारण चीनले बेल्ट एन्ड रोड परियोजनामा सहकार्य विस्तार गर्नुपर्छ । सहकार्यको विस्तारले नै बेल्ट एन्ड रोड परियोजनाका सहभागीबीच साँचो प्रभाव पार्नेछ ।
लि शिपिङ चिनियाँ समकालीन विश्व अध्ययन केन्द्रका अध्येता र झेङ दोङचाओले सीसीसीडब्ल्यूएसका सहअध्येता हुन् ।
स्रोतः चाइना डेली
नेपाली अनुवादः सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *