तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
काभ्रे, २२ चैत । “पुँजीवादी सरकारहरूले युवालाई शिक्षा र रोजगारी दिँदैनन्, जुवा–तास, मादकपदार्थ, लागूपदार्थमा फसाएर पथभ्रष्ट बनाउँछन्, नेकपाको ओली–दाहाल सरकारले यही गर्दैछ । वैदेशिक रोजगारीको नाममा युवाहरूलाई दासजस्तै बेचबिखन गर्दैछ ।”
उक्त विचार नेमकिपाका सचिव एवम् सांसद प्रेम सुवालले नेपाल क्रान्तिकारी युवा सङ्घ बनेपा नगर समितिको आयोजनामा शुक्रबार भएको कार्यकर्ता भेलामा राख्नुभएको हो ।
नेक्रायुसङ्घका कार्यकर्ताहरूको काम नेमकिपाको लक्ष्य जनताको प्रजातन्त्र हुँदै समाजवाद र साम्यवाद प्राप्त गर्न सहयोग गर्ने हो, उहाँले बताउनुभयो । सचिव सुवालले भन्नुभयो, “पुँजीवादी व्यवस्थाले सामान्य गतिमा २–३ सय वर्षमा गर्ने विकास क्रान्तिपछि ३०–४० वर्षमा प्राप्त हुन्छ । नेपालमा क्रान्तिबाट सरकार गठन भएको छैन । नेका, एमाले, माओवादीको संयुक्त वा अलग सरकार क्रान्तिबाट आएको होइन । राणा, राजा र पञ्चायतको जस्तै पात्रमात्र फेरिएको हो, कम्युनिष्ट होइन ।”
“गणतन्त्रमा सरकारमा गएका नेताहरू निर्वाचित राजाजस्तै छन्, संविधानसभायता प्रधानमन्त्री भएका प्रचण्ड, माधव, झलनाथ, बाबुराम, सुशील, ओली, देउवाले आफ्ना कार्यकर्तालाई देशको राजस्व रू. ४ अर्बभन्दा बढी बाँडे । यी सबै प्रमहरू भारतीय एकाधिकार पुँजी र विस्तारवादसँग झुके”, उहाँले बताउनुभयो ।
“ओली र दाहालले एक–अर्कोलाई भ्रष्टाचारी, मानसिक सन्तुलन गुमाएका, भारतीय राजावादी सूर्यबहादुर थापा आदि आरोप लगाएका थिए तर अहिले ती दुवै एउटा पार्टीको दुई अध्यक्ष छन् । निर्वाचनमा संयुक्त मोर्चादेखि पार्टी एकता भएर नेकपा गठन भारतीय निर्देशनमा भएको हो ।”, सांसद सुवालले भन्नुभयो ।
उहाँले भन्नुभयो, “दुईतिहाइको सरकार छ । देशको विकास गर्न कतैबाट अवरोध छैन । तर, जताततै भ्रष्टाचार छ । वाइडबडी, एनसेल, एनटीसीको फोरजी सेवा विस्तार आदिमा अर्बौँ भ्रष्टाचार भएको समाचार छ ।”
संसद्मा विचाराधीन नागरिकतासम्बन्धी विधेयक पारित नहुँदै गृहमन्त्रीको निर्णयमा जन्मको आधारमा नेपाली नागरिकता पाएकाका सन्तानलाई वंशजको नेपाली नागरिकता दिनु भनी ७७ जिल्ला प्रशासनलाई आदेश दिनु संसदको मानहानी भएको चर्चा गर्दै सचिव सुवालले त्यो आदेश निष्क्रिय बनाउनुपर्छ भन्नुभयो ।
“भेनेजुयलाको आन्तरिक मामिलामा अमेरिकी साम्राज्यवादको हस्तक्षेपलाई नेपाली जनताले पनि विरोध गरेका छन् । अमेरिकी साम्राज्यवादले नेपाललाई रू. ५६ अर्ब सहयोग प्राप्त गर्न प्रजग कोरियाविरूद्धको नाकाबन्दीलाई समर्थन गर्नुपर्ने र चीनबाट भागेर नेपाल आएका तिब्बतीहरूलाई दलाइ लामाको आश्रयस्थल भारत पु¥याउनुपर्ने सर्त राख्यो । यो सर्त नेपालको परराष्ट्र र घरेलु मामिलामा अमेरिकी साम्राज्यवादको हस्तक्षेप हो । नेपाली जनताले यसको विरोध गर्नैपर्छ,” उहाँले जोड दिनुभयो ।
“नेपालको ब्रह्मदेव बजारदेखि टनकपुरसम्म सडक बनाउन खोज्दा भारतीय एसएसबीले रोक्यो, नेपालको अतिक्रमित भूमि भारतले फिर्ता गर्नुपर्दछ र नेपाली भूमि डुबानमा पर्ने गरी बनाइएका बाँध र तटबन्ध भत्काउनुपर्दछ”, सांसद सुवालले भन्नुभयो ।
अधिवक्ता अनिता जधारीले कानुनको अज्ञानता क्षम्य नहुने भएकोले सबैले कानुनबारे जानकारी राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेमकिपा काभ्रेका अध्यक्ष कृष्णकुमार वैद्यले अनुशासित क्रान्तिकारी कार्यकर्ताहरूले मात्रै क्रान्तिलाई सफलतामा पु¥याउने बताउनुभयो ।
कार्यक्रममा नेक्रायुसङ्घ बनेपा नगर समितिका अध्यक्ष ओमप्रसाद मानन्धरको सभापतित्वमा भएको कार्यक्रममा कृष्णबहादुर तामाङ, धनबहादुर तामाङ, ज्ञानेन्द्र डंगोललगायतले समसामयिक विषयमा बोल्नुभएको थियो ।
Leave a Reply