तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, २२ चैत । डेस्टिनेसन २०१६ को आयोजनामा एसईई दिएर विद्यार्थीहरुलाई लक्षित गरी मार्ग निर्देशन कार्यक्रम शुक्रबारबाट सुरु भएको छ ।
शुक्रबार चिकित्साशास्त्र, विज्ञान, शिक्षा, पत्रकारिता र कृषि विषयमा विज्ञहरुले मार्गनिर्देशन दिनुभयो ।
कार्यक्रममा चिकित्सा विषयमा डा. शङ्गर लोहला, पत्रकारिता विषयमा रुपेश श्रेष्ठ, शिक्षाशास्त्र विषयमा राजेन्द्र श्रेष्ठ, कृषि विषयमा सविन ख्याजू र विज्ञान विषयमा प्रा.डा. राजुभाइ त्यातले मार्गनिर्देशन गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष अनिल फोजूले विषयसम्बन्धी जानकारी लिएरमात्र विद्यार्थीहरुले उच्च शिक्षा अध्ययन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रमको दोस्रो दिन व्यवस्थापन, ललितकला, कानुन, इन्जिनियरिङ र नर्सिङ विषयमा मार्गनिर्देश हुने आयोजक समितिका कोपिला तामाङले जानकारी दिनुभयो ।
Leave a Reply