‘विदेशी पुँजीले नेपालीको पुँजीलाई खाने खतरा छ’
- पुष १६, २०८२
काठमाडौं, २ चैत । ‘वित्तीय, सामाजिक र मानवीय मूल्यका बीच सन्तुलन’ भन्ने मूल नाराका साथ राष्ट्रिय लघुवित्त सम्मेलन २०१७ को समुद्घाटन उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले याक एण्ड यति होटेलको सभाकक्षमा गर्नुभयो ।
अर्थमन्त्री महराले सहकारी, निजी र सहकारी अर्थतन्त्रका तीन प्रमुख खम्बा र समाजवादउन्मुख अर्थतन्त्र भन्ने दुई महत्वपूर्ण नेपालको संविधानले गरेकोले लघु वित्त संस्थाहरूले ग्रामीण क्षेत्रमा वित्तीय सेवा प्रवाह गरी समृद्ध गाउँमार्फत समृद्ध नेपाल बनाउन लाग्नुपर्छ भन्नुभयो । उहाँले ग्रामीण क्षेत्रका आर्थिक सवलीकरणमार्फत समाजवादउन्मुख अर्थतन्त्रको विकास हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
नेपाल राष्ट्र बैड्ढका गभर्नर डा. चिरञ्जीवी नेपालले सामाजिक मान्यतालाई सानो पूँजीबाट आर्थिक रूपान्तरण गर्न सहयोग पु¥याउने उद्देश्य लघुवित्त कार्यक्रमको भएकोले लघुवित्त संस्थाहरू उद्देश्य विमुख हुन नदिने नियामक निकायको रूपमा नेपाल राष्ट्र बैड्ढ सक्रिय रहने बताउनुभयो ।
वित्तीय क्षेत्रमा लघुवित्त कार्यक्रम पृथक र फरक दायित्वसहितको संस्था भएकोले वित्तीय पहुँच र सहभागिताका लागि लघुवित्त विकास बैड्ढ राम्रो माध्यम रहेको डा. नेपालले प्रस्ट्याउनुभयो ।
२०७३ चैत मसान्तभित्र लघुवित्त विकास बैड्ढमा रूपान्तरण हुनबाट नीतिगत समस्यामा परेका गैरसरकारी संस्थाहरूलाई नीतिगत रूपमा कम्पनी रजिष्ट्रारले खुकुलो बनाइसकेको छ, उहाँले भन्नुभयो ।
नेपाल बैड्ढर एसोसियसनका अध्यक्ष अनिल शाहले देशमा सङ्घीय÷प्रान्तीय संरचनापश्चात् प्रान्तीय आर्थिक प्रतिस्पर्धाको सुरूवातले बैङ्किङ र लघुवित्तको विकास र विस्तार हुने आशा व्यक्त गर्नुभयो ।
नेपाल लघुवित्त विकास बैड्ढ एसोसियसनका अध्यक्ष रामचन्द्र जोशीले लघुवित्त विकास बैड्ढका लागि कोषको अभाव भएकोले निक्षेप परिचालनका नीतिगत बन्दोबस्त गर्नुपर्ने, बहुसंस्था कारोवार निरूत्साहित गर्नुपर्ने र लघुवित्तको उद्देश्य हासिलको लागि दक्ष प्राविधिक तालिम केन्द्रको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
समारोहमा आयोजक सेन्टर फर माइक्रोफाइनान्सका अध्यक्ष पिताम्बर शर्माले नेपालको वर्तमान परिप्रेक्ष्यमा लघुवित्त क्षेत्रमा मूलभूत चासो र समस्या प्रस्तुत गर्नुभयो ।
कार्यक्रम आयोजक समितिका अध्यक्ष गणेशबहादुर थापाको सभापतित्वमा भएको थियो । चैत ५ गतेसम्म ३ दिन चल्ने राष्ट्रिय लघुवित्त सम्मेलनमा राष्ट्रिय–अन्तर्राष्ट्रिय विशेषज्ञहरूका विभिन्न अनुसन्धान प्रतिवेदन, नवप्रवर्तन र अनुभवहरूको आदान प्रदान गर्ने कार्यक्रम रहेको छ ।
Leave a Reply