युद्धको अमेरिकी धम्कीबिच प्रजग कोरियाद्वारा दोस्रो विध्वंसक युद्धपोत तैनाथ
- भाद्र २२, २०८३
भक्तपुर, ३ चैत्र । क्याम्पसको भौतिक विकास निर्माण र शैक्षिक स्तर वृद्धिमा खर्च गर्नुपर्ने रकम प्रमुखले स्ववियु निर्वाचन प्रयोजनको निम्ति भन्दै मनोमानी ढंगले विद्यार्थी संगठनहरुलाई बाँडिएकोप्रति बुधबार नेपाल क्रान्तिकारी विद्यार्थी संघले विरोध जनाएको छ ।
भक्तपुर बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन प्रयोजनको निम्ति भन्दै क्याम्पस प्रमुखले निर्वाचनमा सहभागी विभिन्न संघ संगठनहरुलाई बोलाएर २०/२० हजार रकम बाँडेका थिए । निर्वाचनको क्रममा भएको खर्चको निम्ति दिइएको सो रकम वितरणको विरोधमा नेक्राविसंघले क्याम्पस प्रशासनको ध्यानाकर्षण गराएको छ । साथै संघले क्याम्पसको विकास निर्माणमा खर्च गर्नुपर्ने रकम प्रमुखले आफूखुसी वितरण गरेको हुँदा अब प्रमुख स्वयमले उक्त रकम परिपूर्ति गर्न माग गरेको छ ।
‘निर्वाचनमा भएको खर्चको निम्ति भन्दै विद्यार्थी संगठनहरुलाई रकम बाँडिएको जानकारीमा आयो । त्रिवि निर्देशिका, निर्वाचन आचारसंहिता कुनैपनि त्यसरी निर्वाचन प्रयोजनको निम्ति रकम बाँड्ने व्यवस्था उल्लेख छैन । त्यसकारण नेक्राविसंघले वितरण गरिएको रकम अस्वीकार गरी विरोध गरेका हौं ।’ – संघका क्याम्पस एकाई अध्यक्ष मिलन गणेजूले अनलाइन मजदुरसंग भने ।
संघले आफ्नो ध्यानाकर्षण पत्रको सम्बोधन नभए कडा आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएको छ ।
Leave a Reply