भर्खरै :

दाइजो, हत्या र ¥हासोन्मुख शिक्षा स्तरमा दोषी को ?

विद्यार्थीहरूलाई शिक्षकहरूले, खास गरेर पण्डितहरूले कक्षामा सिकाउँथे – सरस्वतीको वाहन राजहंस हो र लक्ष्मीको वाहन उल्लु हो । राजहंसले दूध र पानी छुट्याउँछ र उल्लुले दिउँसै देख्दैन ।
विद्यार्थीहरूले त्यसलाई धेरै पढे लेखेका मानिसहरूमा ठीक र बेठीक छुट्याउने विवेक हुन्छ र उल्लुले दिउँसै नदेख्ने हुँदा उसमा विवेक हुँदैन भनेर बुझे । आज त्यसैलाई व्याख्या गर्दा शिक्षित र बुद्धिजीवीहरू विवेकी हुन्छन् तर ठेकेदार (निर्माण व्यवसायीहरू अर्थात् पप्पु कन्स्ट्रक्सनजस्ता कम्पनीहरू), काला बजारिया, तस्कर र शोषकहरू तथा बैङ्क मालिकहरू विवेकहीन हुनाले तिनका कारण समाजमा हुने आर्थिक असमानता र अपराधहरूले ठूलठूला विद्रोह र उपद्रवहरू हुनेछन् र अनावश्यकरूपमा अनेक धनजनको क्षति हुन्छ ।
तर, केही दिन अगाडि प्रदेश नं. २ को वीरगञ्ज निवासी चिकित्सक सचितानन्द यादवले मोटरकार र घर दाइजो ल्याउन नसक्दा श्रीमती सुनितादेवीलाई १५ वर्षदेखि मानसिक र शारीरिक यातना दिएर ज्यान मारेको सविस्तार समाचार नेपालका अन्य दैनिक साथै १८ चैत २०७५ को अन्नपूर्ण पोष्टले पनि दियो ।
त्यसरी नै अन्नपूर्ण पोष्ट थप विवरण दिन्छ – “जनकपुरधाम उपमहानगरपालिका –४ मा दाइजोकै माग पूरा नहुँदा माघमा १८ महिने छोरीसहित एक महिलाको हत्या गरिएको थियो । दाइजोमा वासिङ मेसिन नल्याउँदा २५ वर्षिया पत्नी सीमा शर्मा र १८ महिने छोरी गौरीलाई समिर मिश्रा र उनका बुबा आमाले हत्या गरेका थिए ।”
‘धनुषाकै २० वर्षिया कृति झाको गत भदौमा माइती गाउँमा शव फेला प¥यो । जिल्लाको विदेह नगरपालिका – ८ वैदेही गाउँकी कृतिको बिहे भारतको मधुवती जिल्ला रहिका गाउँका रन्धीर मिश्रासँग भएको थियो । उनको शव गाउँकै पोखरी छेउमा फेला परेको थियो ।’ व्यापारी केटासँग कृतिको विवाहका लागि माइतीले तीन लाख खर्च गरेका थिए । बिहेको चार महिना नबित्दै उनीमाथि यातना सुरु भयो । दुई वर्षमै उनको हत्या भयो ।
‘गत मंसिर ९ गते जनकपुर उपमहानगरपालिका –२ का आनन्दमोहन शर्माले दाइजोकै कारण आफ्नी २२ वर्षिया श्रीमती रञ्जना शर्माको हत्या गरे । नर्सिङ पढ्दै गरेकी रञ्जनाको शव उनको घरमै ओछ्यानमा भेटिएको थियो ।’ पोखरा अस्पतालमा कार्यरत आनन्दसँग बिहेका बेला रञ्जनाको परिवारले १८ लाख दाइजो दिएको थियो । बिहेको केही महिनापछि नै थप दाइजोको निम्ति यातना सुरु भयो र आखिर हत्या नै गरियो ।
पुसमा वीरगञ्जकी २६ वर्षिया माधुरी वर्णवालको परिवारबाटै हत्या भयो । उनको वीरगञ्जकै मनीष वर्णवालसँग परम्परागत बिहे भएको थियो । त्यसको एक वर्षमै हत्या भयो ।
यस्ता दाइजो, ‘दहेज’ र पैसाको लागि हत्याका घटनाहरू हरेक महिनामा नेपालको तराई र भारतमा भइरहेकै हुन्छन् । यसमा ठूला जात वा सम्पन्न परिवार भन्ने सीमा पनि छैन । यो समस्या घर–घरकै चिन्ताको विषय हो । तर, यसबारे समाजलाई हाँक्ने राजनैतिक पक्ष (राजनैतिक दलहरू र सरकारहरू) किन कडा कानुन बनाउँदैनन् ? नेपालको तराईमा बढी देखिएका यस्ता हत्या र हिंसाबारे निर्वाचनको बेला त्यहाँका राजनैतिक दलहरूले आ–आफ्ना घोषणापत्रमा ‘दाइजो’ वा ‘दहेज’ लाई निषेध गर्नेबारे किन लेख्दैनन् ? सायद हाम्रा नेपाली नेताहरू पनि ‘दहेज’ लिएर राजनीतिमा आएका होलान् !
‘दहेज’ कै कारण आत्म–हत्या गर्ने चेलीहरू र अभिभावकहरू पनि कम छैनन् । छोरी पाएर दुःख पाउनुभन्दा थाहा पाउनासाथै भ्रुण हत्या गर्नेको सूची पनि बढ्दैछ । यसको राजनैतिक समाधान भनेकै कडा कानुनको आवश्यकता हो । यसबारे राजनैतिक नेताहरूले आ–आफ्नो जिम्मेवारी लिनैपर्छ ।
परीक्षामा हुने अनेक अनियमितता र शिक्षा स्तरको ¥हासमा पनि राजनैतिक नेताहरू नै जिम्मेवार छन् । भ्रष्टाचार, हत्या, हिंसा र सामाजिक विकृति हटाउन राजनैतिक नेताहरू अगाडि आउनु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *