‘सञ्चार माध्यममा भक्तपुर नपा’ पुस्तकबारे परिचर्चा तथा सञ्चारकर्मी सम्मान कार्यक्रम
- भाद्र ७, २०८३
भक्तपुर, २५ चैत । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले नयाँ पुस्तालाई पुरानो शैलीको घर निर्माण गर्न डकर्मी र सिकर्मी तालिमहरू दिनु आवश्यक भएको बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं. १ मा क्रियाशील उपभोक्ता समितिबीचको छलफल कार्यक्रममा अध्यक्ष रोहितले भक्तपुरको सांस्कृतिक सम्पदा संरक्षण गर्न दक्ष जनशक्ति आवश्यक भएको बताउँदै सम्पदा संरक्षणमा विदेशीको भरपर्नु गलत हुने बताउनुभयो ।
भक्तपुरमा ऐतिहासिक महत्वका पुराना पोखरीहरूको संरक्षण र संवद्र्धन हुनु सकारात्मक भएको उल्लेख गर्दै उहाँले सरकारको काममा अनियमितता र आर्थिक हिनामिना बढी हुँदा विकास निर्माण कार्यमा ढिलाइ हुने गरेको बताउनुभयो ।
विकास निर्माणमा महिलाहरूको सक्रिय सहभागिताको प्रशंसा गर्दै अध्यक्ष बिजुक्छेँले नियमित स्वास्थ्य जाँच, स्वस्थ खानपिनमा महिलाहरू सचेत हुनुपर्नेमा जोड दिनुभयो । देशको अरु नगरपालिकाको तुलनामा भक्तपुर नपामा नगरवासीको सहयोग र एकताको भावनाले व्यवस्थित ढङ्गले काम सफल भएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले काठमाडौँको रानीपोखरी पुनःनिर्माणमा भक्तपुरले गरेको सहयोग चर्चाको विषय बनिरहेको स्मरण गर्दै भक्तपुर नगरपालिकाले समाजको सेवा गर्ने भावले कार्य गरिरहेको बताउनुभयो ।
आर्थिक अनुशासन र जनताको सहयोगमा भक्तपुरको विकास निर्माण कार्य अगाडि बढिरहेको उल्लेख गर्दै प्रमुख प्रजापतिले आफूसँग भएको सीपको प्रयोग गरी समाज र देशको सेवा गर्ने भावनाले काम गर्नुपर्छ भन्नुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री र भक्तपुर नपा वडा नं. १० का नेमकिपा पार्टी इञ्चार्ज लक्ष्मीनारायण राजलवटले वडामा भइरहेका विभिन्न गतिविधिबारे जानकारी दिंदै उपभोक्ता समितिमा बसेर काम गर्न उत्साहित गर्नुभयो ।
Leave a Reply