भर्खरै :

फ्रान्समा पहेंलो भेस्ट आन्दोलनः माक्रोंको घाँटीमा अड्केको तातो आलु

पेरिस, ६ अप्रिल । फ्रान्समा राष्ट्रपति इमानुएल माक्रोंको राजीनामा माग गर्दैै २१ साताअघि सुरु भएको आन्दोलन अझै पनि चालु छ । पहेंलो भेस्ट आन्दोलन नामले विख्यात भएको सो आन्दोलनकै क्रममा गएको शनिबार पनि राजधानी पेरिसलगायत अन्य सहरमा सरकारविरोधी प्रदर्शन भयो ।
गएको नोभेम्बर महिनाबाट इन्धन र अन्य जनजीविकासँग जोडिएका सरसामानको मूल्यवृद्धिको विरोधमा भएको आन्दोलनले राष्ट्रपति माक्रोंले अझै पनि पूर्ण नियन्त्रणमा लिन सकेका छैनन् ।
आन्दोलनले ४१ वर्षका राष्ट्रपतिलाई राजनीतिक रुपमा अप्ठ्यारो अवस्थामा पु¥याएको छ ।
गएको शनिबार पेरिसको गणतन्त्र चोकमा ‘न्यायपूर्ण कर, सामाजिक तथा पर्यावरणीय नीतिको माग गर्दै फ्रान्सेली जनताले प्रदर्शन गरे । उनीहरूले तीन रङ्ग भएका झण्डा फहराउँदै माक्रोंविरुद्ध नाराबाजी गरेका थिए ।
फ्रान्सको गृहमन्त्रालयका अनुुसार गएको शनिबार राजधानीमा पेरिसमा चार हजारको सङ्ख्यामा प्रदर्शनकारीले प्रदर्शन गरेका थिए भने फ्रान्सभरिमा जम्मा २२ हजार ३ सय मानिस प्रदर्शनमा सहभागी बनेका थिए । मन्त्रालयका अनुसार गएको साता भने प्रदर्शनमा जम्मा ३३ हजार सात सय मानिस सहभागी थिए । पेरिसमा भने अघिल्लो साता पनि त्यत्ति नै सङ्ख्यामा प्रदर्शनकारी जुलुसमा सहभागी बनेका थिए ।
जुलुसमा सहभागी मानिसको सङ्ख्या तुलनात्मक रुपमा कम हुँदै गए पनि राष्ट्रपतिको लागि सामाजिक सञ्जालको आह्वानको भरमा यति लामो समय आन्दोलन चालु रहनु भने चिन्ताको विषय बनेको छ ।
आन्दोलन रोक्न राष्ट्रपतिले इन्धनमा उच्च कर दर घटाउने निर्णय गरिसकेका छन् । साथै ऊर्जा खरिदमा सरकारले लगानी बढाउनेसमेत घोषणा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *