भर्खरै :

युवा विद्यार्थीको कोणसभा चालू

भक्तपुर, २६ चैत । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ र नेपाल क्रान्तिकारी युवा सङ्घले वर्तमान राजनीतिक अवस्थाबारे मङ्गलबार ब्यासी टुरिष्ट बसपार्कमा कोणसभा ग¥यो ।
सभामा नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष सविन ख्याजूले चीनको आर्थिक प्रगतिदेखि तर्सिएर अमेरिकी साम्राज्यवादले चिनियाँ सामानमाथि १० प्रतिशतबाट बढाई २५ प्रतिशत कर थोपरेकोे हुनाले दुई देशबीच आर्थिक युद्धको स्थिति सिर्जना भएको बताउनुभयो । दुई देशको व्यापार युद्धले चीनलाई भन्दा अमेरिकालाई वर्षको सात सय विलियन डलर बराबरको व्यापार घाटा हुने तथ्याड्ढ प्रस्तुत गर्दै उहाँले सार्वभौम देशहरूमाथि अमेरिकी साम्राज्यवादले गर्दै आइरहेको हस्तक्षेप तथा नाकाबन्दीको विरोधमा युवा विद्यार्थी सचेत र सङ्गठित हुनुपर्छ भन्नुभयो
उक्त सभामा नेक्रायुसङ्घ भजिसका एचएस सुवालले नागरिकता विधेयकको कारण देशको सार्वभौमिकता र स्वाधिनता धरापमा परेको बताउँदै जन्मको आधारमा नागरिकता पाएका विदेशी नागरिकहरूलाई वंशजको नागरिकता दिने कार्य गैरकानुनी भएको बताउनुभयो ।
सभामा नेक्रायुसङ्घका जगतराम धुख्वा र श्याम बासुकला, नेक्राविसङ्घका मनिष गोरा र सविता त्वानावासूलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *