अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
भक्तपुर, २६ चैत । भक्तपुर नपा वडा नं.९ सूर्यमढीस्थित रहेको पासा पुचः समूह (नित्यनाथ भजन) बाट तबला र हार्मोनियम प्रशिक्षणको समापन सोमबार चोङागणेश मन्दिर परिसरमा भयो ।
समापन कार्यक्रममा भक्तपुर नपा वडा नं ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले सुसंस्कृत समाज निर्माण गर्न नयाँ पुस्तालाई प्रशिक्षण दिँदै जानुपर्ने बताउनुभयो । उहाँले समाजमा सकारात्मक परिवर्तनका लागि संस्कृतिलाई जीवन पद्धतिसँगै लग्नुपर्ने र नयाँ पुस्तालाई त्यही संस्कार सिकाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका कार्यपालिका सदस्य एवम् वडा नं. ९ का महिला सदस्य छोरीमैया सुजखु (प्रजापति), पासा पुचः समूहका अध्यक्ष विष्णुभक्त कुसी, सचिव हरेराम कुसीलगायतले बोल्नुभएको थियो ।
हार्मोनियम प्रशिक्षक प्रेम प्रजापति र तबला प्रशिक्षक प्रवीण प्रजापति रहेको प्रशिक्षणको समापनमा विभिन्न साङ्गीतिक प्रस्तुति गरिएको थियो ।
Leave a Reply