भर्खरै :

नागरिकतामा खुकुलो गर्दा सिक्किमीकरणको बाटो फराकिलो

हेटौंडा, २७ चैत । प्रदेश नं. ३ को प्रदेशसभाको हिउँदे अधिवेशनअन्तर्गत बुधबार बैठक बस्यो । बैठकमा मदनकुमार भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकमाथि सैद्धान्तिक छलफल भयो ।
उक्त छलफलमा भाग लिंदै नेपाल मजदुर किसना पार्टीका वैकल्पिक केन्द्रीय सदस्य तथा सांसद सृजना सैंजूले विधेयकको नामाङ्कन उचित नभएको विचार राख्दै कम्युनिष्ट दाबी गर्ने सरकारले गणतन्त्रमा सामन्ती प्रथा तथा व्यक्तिपूजा दोहो¥याउन नमिल्ने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “कमसेकम अब बन्ने संस्था या संरचना व्यक्तिको नाउँमा राखेर विवाद बढाउनु र द्वन्द्वको लागि ठाउँ छोड्नुभन्दा प्रदेशको मौलिकता, इतिहास, भूगोल र जनभावना झल्कि ने गरी राख्नु दूरदर्शिताको परिचय हुनेछ ।”
उहाँले मेडिकल क्षेत्रमा देखिएको भ्रष्टाचार, कमिसनतन्त्र तथा अनियमितता अन्त्य गर्दै देशको लागि आवश्यक दक्ष जनशक्ति तयार गर्न विधेयकले भूमिका खेल्नुपर्ने बताउनुभयो ।
भक्तपुर स्वास्थ्य विज्ञान प्रतिष्ठानको निम्ति सङ्घीय संसदले घच्घच्याउन आवश्यक रहेको उहाँले प्रस्ट पार्नुभयो ।
बैठकमा प्रदेश विकास कार्यविधि अर्थमन्त्रीद्वारा पेश भयो ।
यसअघि मङ्गलबार बसेको बैठकको विशेष समयमा नेमकिपाका सांसद सृजना सैंजूले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन हालै गृहमन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई लिखित पत्रमार्फत निर्देशन जारी गरी निरङ्कुश शैली र प्रजातन्त्रविरोधी कार्य गरेको भत्र्सना गर्नुभयो । भारतीय विस्तारवादको निर्देशनबमोजिम चालिएको उक्त कदमले देशको सिक्किमीकरण र फिजीकरणको बाटो फराकिलो बनाएको तथ्य उहाँले औँल्याउनुभयो ।
सरकारको असारे विकास प्रवृत्ति, पाठ्यपुस्तकको चरम कृत्रिम अभाव, विद्यालय क्षेत्रलाई अस्तव्यस्त बनाउने सरकारी कदमको विरोध गर्दै उहाँले भन्नुभयो, “निजीकरणको कारण पाठ्यपुस्तक छपाइमा अस्वस्थ प्रतिस्पर्धा हुने, महँगी बढ्ने र भारतीय एकाधिकार पुँजीले फाइदा लुट्ने यथार्थ हामीबाट लुकेको छैन ।”
प्रदेश व्यापार तथा व्यवसायसम्बन्धी विधेयकको सैद्धान्तिक छलफलमा भाग लिँदै उहाँले व्यापार र व्यवसायमा निजी क्षेत्रलाई भन्दा सरकारी र सहकारी क्षेत्रलाई प्राथमिकता दिनुपर्ने र निजी क्षेत्रमाथि कडाइका साथ प्रगतिशील कर प्रणाली लागू गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
प्रदेश कृषि व्यवसाय प्रवद्र्धन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ माथिको सैद्धान्तिक छलफलमा उहाँले भन्नुभयो, “कृषिमा सामूहिकीकरण, आधुनिकीकरण र कृषिसँग जोडिएका उद्योगहरू सञ्चालन, उत्पादन वृद्धि र आत्मनिर्भर अर्थतन्त्रका लागि आवश्यक छ । किसानभन्दा विचौलिया मोटाउने कृषि बजारमा सरकारको नियन्त्रण र नियमन गर्न आवश्यक छ ।”
प्रदेश बीउबिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफलमा उहाँले भन्नुभयो, “नेपाली मौलिक र प्राचीन बीउबिजन जगेर्ना गर्न सुरक्षण, भण्डारण, चिस्यान केन्द्र र बीउबिजनको गुणस्तर मापनको लागि आधुनिक प्रविधि सम्पन्न प्रयोगशाला, अनुसन्धान केन्द्र प्रदेश सरकार स्वयम्ले स्थापना गर्न अगुवाइ लिनुपर्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *