भर्खरै :

बिस्केट जात्रा शान्तिपूर्ण बनाउन सचेतना सभा

भक्तपुर, २७ चैत । ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्केट जात्रालाई शान्तिपूर्ण ढङ्गले सफल पार्न भक्तपुर नगरपालिकाको संयोजनमा बुधबार बिहान सद्भाव ¥याली तथा नागरिक सचेतना जनसभा भयो ।
भैरवको रथ तान्ने विश्व सम्पदा स्थल टौमढीमा भएको उक्त जनसभामा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सांस्कृतिक नगर भक्तपुरको पहिचान कायम राख्न जात्रालाई व्यवस्थित र शान्तिपूर्ण बनाउन सबैको सहयोग र साथको आवश्यकता छ भन्नुभयो ।
जात्रालाई मर्यादित र समयमै सफल पार्न जात्रा परिचालन समिति गठन भएको जानकारी दिंदै उहाँले जात्रा सभ्य, भव्य, मर्यादित र शान्तिपूर्ण भए देश विदेशमा सकारात्मक सन्देश छर्ने विश्वास व्यक्त गर्नुभयो ।
“जात्रालाई शान्तिपूर्णरूपमा सञ्चालन गर्ने, व्यवस्थापन गर्ने, उल्लासपूर्वक हेर्ने र कहींकतै कमजोरी भएमा सच्याउने जिम्मेवारी हाम्रै हो, हामै्र काँधमा छ ।” उहाँले भन्नुभयो ।
कुनै व्यक्तिको सानो गल्तीको कारण जात्रा समयमा सम्पन्न नभए भक्तपुरवासीमात्र होइन देशवासीकै बेइज्जत हुने हुँदा आ–आफ्नो स्थानबाट सबैले जिम्मेवारीका साथ निर्धारित समयमा जात्रा सम्पन्न गर्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले कला र संस्कृतिले भरिएको सहरलाई बिस्केट जात्रामार्फत देश विदेशमा पहिचान बनाउन सद्भावका साथ ¥यालीमा सहभागी सबैलाई स्वागत गर्दै भक्तपुरको प्रतिष्ठा र इज्जतको मूल्याङ्कनको कसी यस्तै बेला हुन्छ भन्नुभयो ।
समृद्ध, सुसज्जित र अनुशासित नागरिकको सहरमा सहिष्णुता र एकता कायम गर्दै जात्रालाई सफल पार्नुपर्ने आवश्यकता औंल्याउँदै उहाँले जात्रामा झगडा हुँदैन, झगडा गर्न दिन्न भन्नुभयो ।
गुठी संस्थानका प्रमुख हरिप्रसाद सुवेदीले बिस्केट जात्रासम्बन्धी सबै पाठपूजा समयमै सम्पन्न गर्ने विश्वास व्यक्त गर्दै ¥याली र सभामा उत्साहपूर्ण सहभागीले जात्रा शान्तिपूर्ण हुने र यसले नयाँ सन्देश छर्ने बताउनुभयो ।
भनपा वडा नं. ४ का वडाध्यक्ष कुमार चवालले जात्रा सफल पार्न नै सद्भाव ¥याली र सचेतना जनसभाको आयोजना गरेको उल्लेख गर्दै जात्राको शुभारम्भदेखि नै झगडा नहुने सन्देश पु¥याउनु जरुरी छ भन्नुभयो ।
सचेतना जनसभा हुनुअघि दत्तात्रयबाट सद्भाव ¥याली भएको थियो । ¥याली इनाचो, सुकुलढोका, दरबार क्षेत्र, खौमा, नासमना हुँदै टौमढीमा पुगेको थियो ।
¥याली सुरु हुनुअघि दत्तात्रयमा वडा नं. ९ का वडा अध्यक्ष रवीन्द्र ज्याख्व र एसपी हिमाल यकुमार श्रेष्ठले जात्रा सफल पार्न आ–आफ्नो स्थानबाट सबैले सहयोग गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
¥यालीमा जनप्रतिनिधि, व्यापारी, व्यवसायी, सेना, सशस्त्र प्रहरी, प्रहरी, शिक्षक, शिक्षिका, विद्यार्थी, स्काउट, किसान, मजदुर, विद्यार्थी, युवा, महिला, सहकारीकर्मी, स्वास्थ्यकर्मी, भक्तजन, विभिन्न सामाजिक संस्थाका पदाधिकारी तथा सदस्यहरू स्काउट, पर्यटन व्यवसायी, क्लव, पुस्तकालयका प्रतिनिधि नाचगान र वाद्यवादनका कलाकार, कर्मचारी आदिको व्यापक सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *