भजन गायन प्रदर्शनी
- जेष्ठ १५, २०८३
काठमाडौँ, २७ चैत । केन्द्रीय तथ्याङ्क विभागले आगामी २०७८ मा राष्ट्रिय जनगणना गर्दैछ । जनगणनाको लागि विभागले अहिलेदेखि नै विभिन्न गतिविधि गरी तयारी थाल्ने भएको छ । विभागले बुधबार संसद्को अर्थ समितिमा सोसम्बन्धी जानकारी दिएको हो ।
विभागले आव २०७५÷७६ मा जनशक्ति र अन्य स्रोत प्रक्षेपणसहितको परियोजनाको दस्तावेज र जनगणनाका लागि ७५३ स्थानीय तहको गणना नक्साको तयार गर्ने, जनगणना व्यवस्थापन र सञ्चालन निर्देशिका तथा मापदण्ड तयारी र स्वीकृति लिने, जनगणनामा सोधिने प्रश्नावलीलाई टुङ्गो लगाउन प्रश्नावली निर्देशिकालगायत अन्य सबै निर्देशिका तयार गर्ने भएको छ ।
त्यस्तै पाँच वर्षको बजेट व्यवस्थापनका लागि सरकार र दातृ निकायसँग सहयोग र समन्वयका कार्य, जनगणना सञ्चालन पूर्व ‘पाइलट’ सर्वेक्षणको तयारी र सरोकारवाला पक्षको राय सुझावका लागि अन्तरक्रिया गरिने विभागले जनाएको छ । आव २०७६÷०७७ मा जनगणना पाइलट सर्वेक्षण सञ्चालन, गणना नक्साको बाँकी कार्य र नक्सा प्रिन्ट गर्ने, पाइलट सर्वेक्षण कार्यपश्चात् प्रश्नावली र निर्देशिकालाई अन्तिम रूप दिइने विभागका महानिर्देशक सुमनराज अर्यालले बताउनुभयो ।
आव २०७७÷०७८ मा प्रदेश तथा जिल्ला र स्थानीय कार्यालयको स्थापना, गणना सामग्रीको ढुवानी, विभिन्न चरणको तालिम सञ्चालन, लगतसूची सङ्कलन, मूख्य गणना कार्य सञ्चालन, प्रचारप्रसार तथा पैरवीको कार्य र भरिएका प्रश्नावलीको सङ्कलन गर्ने कार्यक्रम तय गरिएको विभागले जनाएको छ ।
Leave a Reply