ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
काठमाडौँ,२८ चैत (रासस) ः आगामी शनिबारदेखि टोखा नगरपालिकामा लिच्छविकालीन बिस्केट जात्रा शुरु हुने भएको छ । टोखा बिस्केट जात्रा मूल व्यवस्थापन समितिका अध्यक्ष देवराज डङ्गोलले मेला व्यवस्थित र मर्यादित बनाउनका लागि स्थानीय सुरक्षा निकायको सहकार्यमा ३०० स्वयंसेवक खटाइएको बताउनुभयो ।
चैत मसान्तको दिन बिहान भक्तजन नुहाई धुवाई र मीठो भोजन गरी वाग्द्वार जान्छन् र बेलुका सपनतीर्थ र विनायक चण्डेश्वरी माईको मूर्तिलाई खटमा राखेर टोखा नगरलाई परिक्रमा गरी जात्रा शुरु गर्छन् । जात्राको दोस्रो दिन वैशाख १ गते मध्यरातमा सपनतीर्थ पोखरीमा स्नान गर्ने प्रचलन छ । वैशाख २ गते बिहान सबै देवगण चण्डेश्वरी, सपनतीर्थ, महादेव, सरस्वती र मसानकालीलाई एलागटोलमा बिसाइन्छ । वैशाख ३ गते बिहान सिन्दूरजात्रा सहित रथ बोकी टोखा नगर परिक्रमा गराई हासलेमा रथ बिसाइन्छ । वैशाख ४ गते पुनः रथ बोकी नगर परिक्रमा गराई गछेँ टोलमा राखेर पूजाआजा गरिन्छ र अपराह्न ४ बजेतिर सिन्दूरजात्रा सहित रथलाई आआफ्ना घरमा राखेपछि जात्रा समापन गरिन्छ ।
जात्राको लागि लाग्ने रु आठ लाख यसअघि नै टोखा नगरपालिकाले समितिलाई प्रदान गरिसकेको छ । नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले इतिहास र संस्कृतिको धनी सो नगरपालिकालाई पर्यटनको मुख्य केन्द्र बनाउनका लागि छिमेकी नगरसँग सहकार्य गरी अघि बढ्न आवश्यक रहेकामा जोड दिनुभयो ।
Leave a Reply