ख्वप इन्जिनियरिङ कलेजमा सेमेस्टर टपर र गरिब तथा जेहनदार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण
- श्रावण १, २०८३
भक्तपुर, २८ चैत । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले बिहीबार एक्काइसौँ शताब्दीको नयाँ पुस्ता तयारीका लागि शिक्षकहरूमा व्यापक दृष्टिकोणको विकास हुनुपर्ने र यसले मात्र शिक्षामा साँच्चैको न्याय हुने बताउनुभएको छ ।
भक्तपुर नगरपालिकाको आयोजनामा नगरभित्रका विद्यालयका शिक्षक–शिक्षिकाहरूबीच नयाँ शैक्षिक सत्रको तयारी एवम् स्थानीय पाठ्यक्रमबारे अभिमुखीकरण कार्यक्रममा अतिथि बिजुक्छेंले नयाँ पुस्तालाई ‘स्मार्ट’ बनाउने हो भने संसारको भूगोल, इतिहास, राजनीति र अर्थशास्त्रबारे जानकारी दिनुपर्नेमा जोड दिनुभयो ।
वर्तमान सरकार भारतीय एकाधिकार पुँजीद्वारा नियन्त्रित रहेको चर्चा गर्दै उहाँले आर्थिक रूपले स्वतन्त्र नहुने देश राजनैतिक रूपले पनि स्वतन्त्र हुन नसक्ने बताउनुभयो । अहिलेका युवाहरूमा विदेशी झिलिमिलीप्रति आकर्षण बढेको तर आफ्नो स्थानीय भाषा, संस्कृति, इतिहास र भूगोलबारे कममात्र जानकारी रहेकोमा चिन्ता व्यक्त गर्दै अध्यक्ष बिजुक्छेंले नगरपालिकाले स्थानीय पाठ्यक्रममार्फत नयाँ पुस्तालाई भक्तपुरबारे चिनाउने प्रयत्न गर्नु सकारात्मक रहेको बताउनुभयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले भारतसँग नेपालको सिमाना खुला भएको कारण विभिन्न सरकारी पदहरूमा पदासीन व्यक्तिहरूसमेत नक्कली शैक्षिक प्रमाणपत्रधारी भएको प्रमाण फेला परेको बताउनुभयो ।
देशको सन्तुलित विकासको लागि गुणस्तरीय, समाजप्रति उत्तरदायित्वबोध गर्ने तथा नैतिकवान नयाँ पुस्ता तयार गर्ने शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिँदै उहाँले वर्तमान पुँजीवादी सरकारले राज्यद्वारा सञ्चालित विद्यालयहरूलाई बेवास्ता गरेको प्रस्ट पार्नुभयो ।
समाजवादी देश प्रजग कोरियामा बालबालिकाहरूको लागि भव्य र सुविधासम्पन्न दरबारहरू निर्माण गरेको उहाँले जानकारी दिनुभयो ।
अहिलेको सरकार नागरिकता वितरणबारे संवेदनशील नभएको उल्लेख गर्दै सांसद सुवालले नागरिकता देशको सार्वभौमिकतासँग जोडिने भएकोले शिक्षक–शिक्षिकाहरू यस विषयमा सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगर देशभरिकै विद्यार्थीहरूका लागि उत्कृष्ट शैक्षिक गन्तव्य बनिरहेको उल्लेख गर्दै विद्यालय शिक्षालाई थप गुणस्तरीय बनाउन नगरपालिकाले तालिम तथा अतिरिक्त क्रियाकलापहरू गरिरहेको बताउनुभयो ।
उहाँले नगरपालिका आफैले आधारभूत तह कक्षा ८ को परीक्षा लिन थालेकोमा गत वर्षभन्दा यो पटक १० प्रतिशतले बढी विद्यार्थीहरू उत्तीर्ण भएको बताउनुभयो ।
नगरपालिकाका उपप्रमुख रजनी जोशीले नयाँ पुस्तालाई भक्तपुरको मौलिक संस्कृति र परम्परासँग जोडिएका वैज्ञानिक पक्षहरूका विषयमा जानकारी दिन नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गरेको प्रस्ट पार्नुभयो ।
कार्यक्रममा वडा अध्यक्ष उकेश कवां, प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारी, नगर शिक्षा शाखाका कृष्णप्रसाद कर्माचार्य र स्थानीय पाठ्यक्रम निर्माण कार्यदलका प्रा. सिद्धिरत्न शाक्यले पनि आफ्नो धारणा राख्नुभएको थियो ।
Leave a Reply