भर्खरै :

किम जङ उन राज्य मामिला आयोगको अध्यक्षमा पुनःनिर्वाचित

प्योङयाङ, १२ अप्रिल । प्रजातान्त्रिक गणतन्त्र कोरियाको राज्य मामिला आयोग(मन्त्रीमण्डल)को अध्यक्षमा त्यहाँका सर्वोच्च नेता किम जङ उन पुनः निर्वाचित भएका छन् । प्रजग कोरियाको चौधौं सर्वोच्च जनसभाले किमलाई आयोगको अध्यक्षमा पुनः निर्वाचित गरेको हो ।
चीनका राष्ट्रपति सी चिनफिङले आयोगको अध्यक्षमा पुनःनिर्वाचित हुन भएकोमा किमलाई बधाई सन्देश पठाएका छन् ।
बधाई तथा शुभकामना सन्देशमा सीले किमको नेतृत्वमा प्रजग कोरियाले पछिल्ला वर्षमा आर्थिक र सामाजिक विकासको क्षेत्रमा लगातार प्रगति गर्दै गएकोमा खुशी व्यक्त गरे ।
सीले प्रजग कोरिया आफ्नो समाजवादी लक्ष्यको नयाँ चरणमा प्रवेश गरेको बताए ।
चिनियाँ राष्ट्रपतिले किमको नयाँ रणनीतिक कार्यदिशाको मार्गनिर्देशनमा प्रजग कोरियाका जनताले राष्ट्रिय निर्माण र विकासमा अझ महत्वपूर्ण उपलब्धि हासिल गर्नेमा विश्वास व्यक्त गरे ।
चीन र प्रजग कोरियाबीचको मैत्री सम्बन्धलाई पहाड र नदीबीचको सम्बन्धसँग तुलना गर्दै सीले चीन–प्रजग कोरियाबीचको ऐतिहासिक मित्रता र सहकार्यपूर्ण सम्बन्धलाई आफूलै ठूलो महत्व दिएको बताए ।
गएका वर्ष मात्र किम र सीबीच चार पटक भेट भएको थियो । चीन र प्रजग कोरियाबीचको मैत्री सम्बन्धमा नयाँ अध्याय प्रारम्भ गर्न ती भेटघाटको महत्वपूर्ण भूमिका भएको सीको भनाई थियो ।
यो वर्ष चीन र प्रजग कोरियाबीच मैत्रीसम्बन्ध स्थापना भएको ७० औँं वर्ष हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *