के नेपाल आफ्नै खुट्टामा उभिन सक्छ ?
- भाद्र ३१, २०८३
चेकोभ
“म तपाईंलाई माया गर्छु । तपाईं मेरो जिन्दगी, खुशी– सब हुनुहुन्छ ! थप चूप लागेर बस्न सकिदनँ म । आज आउनुहोस् बेलुकी आठ बजे पार्कमा । मेरो के नाम हो लेख्दिनँ, परन्तु म तरुनी छु, स्वयम्मा राम्री छु, अरु के चाहियो र तपाईंलाई !”
दाछया– मालिक पाभिल तनभिछ, एक जना पारिवारिक व्यक्तिले किताब पढ्दै आश्चर्य चकित भए ।
म विवाहित व्यक्ति हुँ, अचानक यस्तो उदेकलाग्दो, यस्तो बेवकूफ चिट्ठी ! कसले लेख्यो होला यो ?
उनले पुनःचिट्ठी पढे । आफ्नो वैवाहिक जीवनको पूरा–पूरा आठ वर्ष पाभिल तनभिछले मिहीन अनुभूति बिर्सिसकेका थिए, अनि कुनै एउटा चिट्ठी पनि पाएका थिएनन् । एक घण्टापछि उनी सोफामा पल्टेर सोचमग्न भए ः
म कुनै भर्खरको केटा त होइन कि, अनि जान्नँ यो बेवकुफी डेटिङ्गमा तर थाहा पाउनु चाहिँ रोचक होला कसले यो लेखेको थियो भनेर । हो जरुर, एक जना महिला हो यो लेख्ने । तर को हुनसक्छ यो ?
यो प्रश्नको समाधान गर्नु खास गरेर कठिन थियो किनभने दाछयामा एक जना पनि महिला थिइनन् जसलाई चिनेका हुन् उनले, आफ्नी श्रीमतीबाहेक ।
अचम्म, सोचे उसले, “म तपाईंलाई माया गर्छु ।” कसरी उसले माया गर्न सकेकी होला यदि उसले चिनेकीसमेत छैन भने म कस्तो मान्छे छु भनेर ? सम्भवतः ऊ निकै जवान छे यदि त्यति छिट्टै प्रेम गर्न सक्छे भने । तर को होला ऊ ?
एक्कासी पाभिल तनभिछले सम्झे हिजोको कुरा हो, जब उनी बगैँचामा टहलिँदै थिए, उनले एकाधपटक एक जना गोरी तरुनीलाई देख्या हो, जो स्वयम् निलो पोशाकमा खुलेकी थिई । गोरी उनलाई हेर्थी बेलाबेलामा, अनि जब उनी एउटा बेञ्चमा गएर बसे, ऊ पनि टाँस्सिएर बसी उनैको नजिक गएर ।
ऊ ? सोचे पाभिल तनभिछले । दिउँसोको खाना खाँदाखेरि पाभिल तनभिछले श्रीमतीलाई हेरे अनि यस्तो सोचे ः
उसले लेखेकी छ, स्वयम्मा आफू तरुनी छु भनेर । मतलब कुनै बुढिया होइन नि । परन्तु म पनि त त्यति बूढो र नराम्रो छैन नि मसँग प्रेममा फस्न नहुनको लागि !
के सोच्दै छौ तिमी ? सोधी उसकी श्रीमतीले ।
यसै, टाउको दुखिराछ, “जवाफ दिए पाभिल तनभिछले यसरी । दिउँसोको खाना खाएपछि उनले सोचे ः
ऊ पर्खिरहेकी छे म आउँछु भनेर । जाने होला कि यसै उत्सुकताले गर्दा पनि ? उनी जुरुक्क उठे र लुगा लगाउन थाले ।
अनि तिमी कहाँ जाने तर्खर गर्दैछौ ? श्रीमतीले सोधी उनले सफा कमिज र नयाँ टाई लिएको देखेर ।
यसो टहलिन चाहन्छु, टाउको दुखिराछ ।
आठ बजे उनी घरबाट निस्के र पार्कतिर गए । उद्यान–पथको अन्त्यमा एउटा पुरानो कुञ्ज थियो । एक्कासी उनको मुटु ढुकढुक ग¥यो । उनी कुञ्चभित्र पसे, अनि देखे एउटा मान्छेलाई । तर त्यो लोग्नेमान्छे थियो, सालो, विद्यार्थी मिच्या, जो उनीहरूकै दाछयामा बस्थ्यो । दुई मिनेट चुपचाप बसे उनीहरू ।
माफ गर्नुहोला मलाई, पाभिल तनभिछ– सुरु ग¥यो मिच्याले, तर म यहाँलाई बिन्ती गर्छु मलाई एक्लै छोडिदिनुहोस् भनेर । म आफ्नो विद्यावारिधि शोध प्रबन्धबारे सोचिरहेको छु, अनि तपाईं मलाई बिथाोल्दै हुनुहुन्छ ।
तँ जा कतै कुनै अँध्यारो उद्यान पथतिर भने पाभिल तनभिछले स्वच्छ हावामा सोच्नु उत्तम हुन्छ । अनि म चाहिँ यसो सुत्न चाहन्छु बेञ्चमा, यहाँ गर्मी पनि छैन त्यति ।
विद्यावारिधि शोध प्रबन्ध बढी महत्वपूर्ण कुरा हो, मिच्याको जवाफ रह्यो ।
उनीहरू चुप लागे । पाभिल तनभिछले पुनः बोल्न थाले ः
म बिन्ती गर्छु, जीवनमा एक पल्टः गइहाल् यहाँबाट ! मिच्या जाँदै थिएन ।
मैले भने नि जान्नँ भनेर, मतलब म जाँदै जान्नँ ।
यसै बेलामा कुञ्जको प्रवेश– द्वारमा उनीहरूले एउटी महिलाको अनुहार देखे तर त्यो तत्कालै बिलायो । कोही एक मिनेटपछि पाभिल तनभिछ उठे र मिच्यालाई भने ः हामीबीचमा सबै सिद्धियो ।
एकदम खुशी लाग्यो, मिच्याले भन्यो र उठ्यो ऊ पनि, थाहा पाइराख्नुस् तपाईंले मलाई अहिले यस्तो फोहरी काम गर्नुभएको छ, जो म नमरेसम्म माफ गर्दिनँ ।
साँझको खाना खाँदा उनीहरू चुप थिए र प्लेटमा मात्र हेर्थे । उनीहरूले एक अर्कालाई घृणा गर्थे । उता पाभिल तनभिछकी पत्नी मुसुमुसु हाँस्थिन् ।
तिमीले कुन चिट्ठी पाएका थियौ आज बिहान ? – सोधिन् उनले ।
पाएको थिइनँ कुनै पनि, जवाफ दिए पाभिल तनभिछले । मलाई थाहा छ, पाएका थियौ । यो चिट्ठी मैले तिमीलाई लेखेकी हुँ । कसम मैले । हामीलाई घरमा सफा गर्नुपर्ने थियो तर के गर्ने ? तिमीहरू घरबाट बाहिर निस्किनको लागि त्यसरी मात्र गर्न सकिन्थ्यो । मैले मिच्यालाई पनि लेख्या थिएँ त्यस्तै एउटा चिट्ठी । मिच्या, तँ कुञ्जमा गएको थिस् नि ?
मिच्या मुसुक्क हाँस्यो अनि त्यो घृणासाथ हेरेन आफ्नो ‘प्रतिद्वन्दी’ लाई यसपछि ।
अनुवाद ः प्रा.बलराम अर्याल
Leave a Reply