भर्खरै :

पुँजीवादी विकृतिविरुद्ध लड्न युवापुस्ता तयार हुनुपर्ने

भक्तपुर, २९ चैत । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ भक्तपुर नगरपालिका वडा नं ३ इकाइले शुक्रबार नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना ग¥यो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले पुँजीवादी व्यवस्थाका विकृतिहरूविरूद्ध लड्ने युवा पुस्ता तयार हुनुपर्ने विचार राख्नुभयो ।
उहाँले एकाइसौं शताब्दिमा पुँजीपति वर्ग तथा साम्राज्यवादी शक्तिले युवापुस्तालाई नाफाको वस्तुको रूपमा लिन थालेको चर्चा गर्दैै युवाहरूलाई स्वार्थको दलदलमा फसाउने शिक्षा प्रणालीको अन्त हुनुपर्ने धारणा राख्नुभयो ।
उहाँले युवा पुस्ताले कुनै पनि काममा दतचित्त भई लाग्नु पर्ने तर इमानदारी र नैतिकतालाई बन्धकमा राख्न नहुने भन्दै व्यावहारिक शिक्षामा जोड दिनुपर्ने उल्लेख गर्नुभयो ।
नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष सविन ख्याजूले भारतीय हस्तक्षेप, महँगी र भ्रष्टाचारविरूद्ध युवापुस्ता सङ्गठित हुनुपर्ने विचार राख्नुभयो ।
नेमकिपा वडा नं ३ का अध्यक्ष राजकृष्ण गोराले चाडपर्वमा खानपान गर्दा स्वास्थ्यलाई पनि ख्याल गर्नुपर्ने भन्दै सामाजिक गतिविधिमा युवाहरू सक्रिय हुनुपर्ने विचार राख्नुभयो ।
आयोजक समितिका अध्यक्ष मनिस गोराको सभापतित्वमा भएको कार्यक्रममा नेपाल क्रान्तिकारी युवा सङ्घका जगतराम धुख्वा, नेक्राविसङ्घका राजन अवाल र रोशन गोराले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो ।
विभिन्न शैक्षिक योग्यता पाउन सफलत विद्यार्थीहरूलाई बधाइ दिन नेक्राविसङ्घको आयोजनामा गत फागुन ११ गते सम्पन्न कार्यक्रममा सहयोग गर्ने स्थानीय अभिभावकहरूलाई कार्यक्रममा कदरपत्र वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *