भर्खरै :

वागीश्वरीमा शुभकामना कार्यक्रम

भक्तपुर, २९ चैत । वागीश्वरी कलेजले नयाँ वर्ष २०७६ को उपलक्ष्यमा शुभकामना तथा बारा र पर्सा जिल्लामा आँधीहुरीबाट पीडितलाई स्नातक तह मानविकी सङ्कायमा सामाजिक कार्य (BSW) मा अध्ययनरत विद्यार्थीहरूबाट भएको सहयोगको धन्यवाद कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
कार्यक्रममा वागीश्वरी कलेजका संयोजक तथा वागीश्वरी माविका सहायक प्रधानाध्यापक ज्ञानसागर प्रजापतिले विद्यार्थीहरूले गरेको कार्यको सराहना गर्दै समाजमा व्यक्तिवादी भावना हावी भइरहेको यो सन्दर्भमा विद्यार्थीहरूले गरेको सामाजिक कार्यको महत्व बढेको बताउनुभयो ।
संस्कृतिविद् ओमप्रसाद धौभडेलले संसारमा नयाँ वर्ष मनाउने तरिकाहरूमध्ये भक्तपुरको तरिका उत्कृष्ट रहेको बताउनुभयो ।
बिस्केट जात्राको मौलिक पक्ष र महत्वमाथि प्रकाश पर्दै उहाँले ‘विश्व केटु’ को अपभ्रंश नै बिस्का हो भन्नुभयो ।
सामाजिक कार्य विषयका शिक्षक राजन चौगुठीको सभापतित्वमा भएको कार्यक्रममा प्राचार्य धनकुमार श्रेष्ठ र शिक्षक मङ्गलेश्वर धोंजूले पनि बोल्नभुएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *