अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, २९ चैत । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले विद्यार्थीहरूमा सानो उमेरमै देशभक्ति र जनताको सेवा गर्ने भावना जगाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।
बिहीबार बाल विकास इङ्गलिस सेकेन्डरी स्कूलको शुभकामना आदानप्रदान तथा धन्यवाद ज्ञापन कार्यक्रममा अध्यक्ष रोहितले शिक्षक शिक्षिकाहरू पाठ्यपुस्तकमा मात्र सीमित नभई विभिन्न विषयका किताबहरूको अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो ।
पुँजीवादी व्यवस्थामा विकृति, विसङ्गगति र भ्रष्टाचार हुने चर्चा गर्दै अध्यक्ष रोहितले खेतमा किसानहरूले मिहिनेत गरेजस्तै समाजमा देखिने पुँजीवादी विकृतिविरुद्ध शिक्षकहरु सङ्घर्ष गर्न जागरुक हुनुपर्नेमा जोड दिनुभयो ।
अतिरिक्त क्रियाकलापले विद्यार्थीहरूको व्यक्तित्व विकास हुने उल्लेख गर्दै अध्यक्ष रोहितले स्थानीय ज्येष्ठ नागरिकहरूको सेवा र सम्मान गर्ने भावना जगाउन सके विद्यार्थीहरूले परिवारकै सदस्यहरूसँग राम्रो व्यवहार गर्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रदेश नं ३ का प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले समाजको हितको लागि दक्ष विद्यार्थीहरू उत्पादन गर्न हरेक विद्यालयले उचित ध्यान पु¥याउन आवश्यक भएको चर्चा गर्नुभयो ।
विद्यार्थीहरूलाई देश चिनाउन र समाजप्रति जिम्मेवार बनाउन खोज्ने राजनीति गलत नभएको उहाँले प्रस्ट पार्नुभयो ।
बाल विकास सेकेन्डरी स्कूल व्यवस्थापन समितिका अध्यक्ष मोहनप्रसाद प्रजापतिले आगामी वर्ष सबै शिक्षक शिक्षिकाहरूको योगदान बढ्ने आशा गर्दै सामूहिक भावनाका साथ शिक्षक, शिक्षिका तथा कर्मचारीहरू अगाडि बढ्नुपर्छ भन्नुभयो ।
कार्यक्रममा सीता प्रजापति, सुलोचना छ्वाजू, मनिषा श्रेष्ठ, सूर्यबहादुर पञ्च, शङ्कर आचार्य र जयराम कोजूले आ–आफ्नो शैक्षिक अनुभव सुनाउँदै शुभकामना व्यक्त गर्नुभयो ।
Leave a Reply