अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
– पूर्णप्रसाद मिश्र
काठमाडौँ, १ वैशाख । बागमती सफाइ अभियान सुरु भएको ३०९ हप्ता पुग्दा पनि बागमतीमै शौचालय बन्न छोडेको छैन ।
बागमती सफाइ अभियानको ३०९ औँ हप्तामा बल्खु पुलस्थित बागमती नदी किनारमा सफाइका क्रममा नदीमै शौचालय बनाई फोहर गरिएको भेटिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिकी सञ्चालक सदस्य माला खरेलले बताउनुभयो । नदीमै बनाइएको शौचालयबाट नदीमा मलमूत्र बगेर जाने गरेको छ ।
यसले गर्दा जति सफा गरे पनि हिँड्दै छ, पाइला मेट्दै छ भनेझैँ सफा गर्नुको अर्थ नहुने अभियानकर्मीको गुनासो छ । त्यसरी बनाइएका केही शौचालय शनिबारको सफाइको क्रममा भत्काइए पनि केही अझै बाँकी छन् ।
बल्खु क्षेत्रको नदी किनारमा सुकुमवासीको नाममा सार्वजनिक जग्गा कब्जा गरी बसेकोले यसरी नदीमै शौचालय बनाएका हुन् । उसो त यस क्षेत्रको नदीमा अझै ढल हाल्न रोकिएको छैन ।
अधिकार सम्पन्न बागमती समितिलगायत सरोकार भएका सरकारी निकायको मौनताले नदीको जग्गा कब्जा गरेर बस्नेलाई हटाउन नसक्दा बागमती सफाइमा चुनौती देखा परेको अभियानकर्मीको भनाइ छ । सरकारले बनाएको आवासमा पनि नसरी सुकुमवासीको नाममा नदीको किनारको खाली ठाउँ कब्जा भइरहेको छ ।
Leave a Reply