प्रजग कोरियामा कोमपा पार्टी विद्यालयको राष्ट्रिय कार्यशाला सम्पन्न
- भाद्र ५, २०८३
पेरिस, ५ वैशाख (एएफपी) । प्रचारमुखी र अधिनायकवादी नेताले पत्रकार विरुद्ध फैलाएका घृणा मिश्रित आलोचनाका कारण विश्वभर नै पत्रकार हिंसाको चपेटामा पर्ने गरेको सञ्चारमाध्यमको पहरेदार संस्था रिपोर्टर्स विदाउट बोर्डर्स
(आरएसएफ) ले जनाएको छ ।
आरएसएफले बिहीबार सार्वजनिक गरेको वार्षिक प्रेस स्वतन्त्रता सूचकमा पत्रकारलाई सुरक्षित वातावरणमा काम गर्न पाउने मुलुकको सङ्ख्या निरन्तर ओरालो लागेको देखिएको छ ।
सञ्चारमाध्यमविरुद्ध राजनीतिक नेताको जबरजस्त शत्रुताले हिंसालाई प्रश्रय दिएको छ । प्रतिवेदनमा भनिएको छ, यही शत्रुताले पत्रकारका लागि त्रास र खतराको स्तर दुवैमा व्यापकरूपमा बढेको छ ।
“यदि राजनीतिक बहस गृहयुद्धकै जस्तो वातावरणतर्फ उन्मुख हुने हो भने लोकतन्त्र अझ बढी खतरामा पर्ने निश्चित छ,” आरएसएफका प्रमुख क्रिस्टोफर डिलोआयरले बताउनुभयो ।
विश्वका १८० राष्ट्रमध्ये एक चौथात्न्दा कम मुलुकमा मात्र प्रेस स्वतन्त्रताको अवस्था राम्रो रहेको प्रतिवेदनमा उल्लेख छ । संयुक्त राज्य अमेरिकाको प्रेस स्वतन्त्रताको अवस्था केही खस्किएर ४८ औं स्थानमा पुगेको छ ।
प्रतिवेदनमा अमेरिकी राष्ट्रपतिको प्रेसमाथिको टिप्पणी निकै तुच्छ र महिला एवं रङ्गका आधारमा उत्पीडनयुक्त रहेको जनाइएको छ ।
“अमेरिकी इतिहासमा पत्रकारमाथि हत्याको धम्की यतिविधि सङ्ख्यामा विगतमा कहिल्यै आएको थिएन र सुरक्षाका लागि पत्रकारले निजी सुरक्षा फर्मको सहयोग लिनुपर्ने अवस्था आएको छ,” प्रतिवेदनमा भनिएको छ । “सञ्चारमाध्यममाथिको घृणा व्यापक रहेको उदाहरण गत जून महिनाको एउटा घटनाबाट पनि पुष्टी हुन्छ । एकजना बन्दुकधारी म्यारील्यान्ड राज्यको अन्नापोलिसस्थित क्यापिटल ग्याजेटको समाचारकक्षमा प्रवेश गरेका ती बन्दुकधारीले चार जना पत्रकार एवम् अर्का एक जना कर्मचारीको दिनदहाडै हत्या गरेका थिए ।”
पेरिसमा मुख्यालय रहेको आरएसएफले आफूलाई निकै शक्तिशाली बताउने नेताले आफ्ना सबै सीमा बिर्सन खोजेको जनाएको छ । साउदी पत्रकार जमाल खशोग्जीको जघन्य हत्यामा संलग्नलाई जोगाउन विश्वका शक्तिशाली नेता नै उद्यत रहेको प्रतिवेदनमा उल्लेख छ ।
विश्वकै सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक भनिने भारतको अवस्था पनि दुई अङ्कले घटेको छ । पछिल्लो विवरणमा भारत १४० औं स्थानमा पुगेको छ । भारतमा गत वर्ष ६ जना पत्रकार मारिएका थिए । भारतीय सत्तारुढ पार्टीको विरोध गर्नेमाथि भारतीय अनलाइन सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत “भारतविरोधी” भन्दै प्रताडित गरिएको छ ।
सबैभन्दा बढी पत्रकार थुनामा रहेको टर्की पत्रकारका लागि सबैभन्दा खराब मुलुक हो । दमनका लागि ख्याती कमाएको रुसको अवस्था पनि अझ कमजोर हुँदै १४९ औं स्थानमा पुगेको छ ।
ताजिकिस्तानमा सबैजस्तो स्वतन्त्र मिडियालाई बन्द गर्न बाध्य पारिएको छ । यही अवस्था लिबिया, इजिप्ट, अजरबैजान र तुर्कमेनिस्तानको पनि छ ।
पत्रकारका निम्ति सबैभन्दा राम्रो अवस्था स्कान्डेनिभियाली मुलुकमा रहेको छ । नर्वे, फिनल्यान्ड र स्वीडेनको अवस्था उत्कृष्ट तीनमा रहेको छ ।
Leave a Reply