तातिरहेको पृथ्वी र रुख बिरुवा
- भाद्र ११, २०८३
गएको मङ्गलबार साँझ फ्रान्सको राजधानी पेरिसस्थित नोट्रे डाम गिर्जाघरमा आगलागी भयो । अझसम्म पनि अज्ञात कारण सल्किएको आगोले फ्रान्सको परिचय बनेको विश्व सम्पदाका धेरै भूभाग ध्वस्त बनायो । विश्व सम्पदा दिवसको दुई दिनअघि संसारकै साझा सम्पदामाथि भएको आगलागीले संसारलाई विस्मात बनायो । तथापि फ्रान्स सरकारले आगामी पाँच वर्षभित्र सो सम्पदाको पुनःनिर्माण गर्ने घोषणा गरेको छ ।
तत्कालीन समयमा अनेकन कारणले बनेका संसारभरका सबै सभ्यता संसारका मानिसको साझा सम्पत्ति हुन् । समग्र मानव जातिको सभ्यतासँग गाँसिएका ती सम्पदाको संरक्षण गर्नु सबैको कर्तव्य हो । तर, चेतनाको कमी र पैसामुखी प्रवृत्ति बलियो बन्दै गएसँगै नेपालका सम्पदा अतिक्रमणको शिकार बन्दै छन् । सांस्कृतिक, पुरातात्विक र ऐतिहासिक महत्वका सम्पदाको संरक्षणमा राज्यको निष्क्रियताका कारण सम्पदाको तेजोबध गरी पैसा कमाउन पल्केका लोभीपापीहरू सम्पदा मास्न लागेका छन् । सांस्कृतिक महत्वका सार्वजनिक जग्गा–जमिन व्यक्तिका नाममा बनाउने, व्यक्ति हितमा प्रयोग गर्ने, मास्ने काम भइरहेका छन् । मन्दिरको जग्गा, पोखरी पुरेर कम्प्लेक्स बनाउनेदेखि मन्दिरको छाना मिचेर आफ्नो घर बनाउने गरेका धेरै उदाहरण छन् । पाटीपौवा, चौतारीलाई निजी सम्पत्ति बनाउने लोभीपापीहरूको पनि कमी छैन । सरकारी कर्मचारी र शासक दलको संरक्षणविना यस्ता पापकर्म कदापि हुनसक्दैन अर्थात् सम्पदा मिच्ने काम शासक दलको संरक्षण र कर्मचारीको मिलिभगतमै हुने गरेका छन् । पुर्खाले जोगाएका सम्पदासमेत पैसा र व्यक्तिगत फाइदाका लागि मास्ने मानिसहरू अनैतिक र इज्जतहीन हुन् ।
सरकारले जोगाउनुपर्ने त्यस्ता सम्पदा मिच्ने र सिध्याउनेमा राज्य चलाउने दलका मानिस नै बढी हुनु शासक दलको लागि लज्जाको विषय हो । अमूर्त सम्पदाहरू जनताको जीवनशैलीसँग प्रत्यक्ष जोडिएका हुन्छन् । तर, ती सम्पदा आफैँ पनि मानव जीवनको लामो अनुभवको सारको प्रतिबिम्ब हो । कतिपय अमूर्त सम्पदा अवैज्ञानिक छन् अथवा अवैज्ञानिक मान्यताको आवरण लगाइएको छ । विज्ञान प्रविधिमा समाज निकै अघि बढिसकेको छ । सूचना प्रविधिको विकासले संसारका अरु देशका संस्कृतिबारे हामी अध्ययन–अनुसन्धान गर्नसक्छौँ । यस अवस्थामा सम्पदाभित्रको वैज्ञानिकता पर्गेल्न सहज भएको छ । विज्ञान र अनुभवमा आधारित अमूर्त सम्पदाको संरक्षण गर्न राज्यको दायित्व हो ।
राज्यले त्यस्ता अमूर्त सम्पदाको संरक्षणको लागि जनताको जीवनशैली अक्षुण्ण राख्न विशेष व्यवस्था गर्नुपर्छ । निश्चित क्षेत्रलाई सांस्कृतिक क्षेत्रको घोषणा गरी संरक्षणको लागि विशेष व्यवस्था गर्न सके त्यस्ता सम्पदाको संरक्षण सम्भव छ । काठमाडौँ उपत्यकाभित्र रहेका मूर्त र अमूर्त सम्पदा संरक्षण गर्न सरकारले उपत्यकालाई विशेष सांस्कृतिक क्षेत्र घोषणा गर्न ढिला भइसकेको छ । सांस्कृतिक क्षेत्र घोषणा नहुँदा आज ठेग्नै नसकिने जनसङ्ख्या, अनियमित निर्माण, प्रदूषण आदिले शताब्दियौं पुराना सम्पदा अहिले खतरामा परेका छन् । अमूर्त सम्पदा सञ्चालन गर्नुपर्ने जनसङ्ख्या अहिले अल्पमतको चेपुवा पर्दा तिनको संरक्षण चुनौतीपूर्ण बनेका छन् । संस्कृतिसँग जोडिएका जग्गा जमिन सबै घर र कंक्रिट निर्माण भएका छन् । जग्गाकै लागि सम्पदा सिध्याउनमा लोभीपापीहरू लागेका छन् । राज्यको बागडोर हाँकिरहेका कतिपय शासकहरू सांस्कृतिक हत्याको मनोवृत्तिमा आक्रामक नीतिलाई नै बढावा दिइरहेका छन् । यो कसैको लागि पनि हितकर विषय होइन ।
Leave a Reply